• वैशाख २३, २०८१
  • जुनकिरी खबर

इटहरी खानेपानीको अध्यक्षमा यामकुमार सुब्बा

alt

इटहरी खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा यामकुमार सुब्बा निर्वाचित भएका छन् । नेकपा एमाले इटहरी नगर अध्यक्ष समेत रहेका सुब्बा नेतृत्वको प्यानलै निर्वाचित भएको हो ।

नेपाली  काँग्रेस, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी सहितको गठबन्धनलाई हराउँदै एमालेले पुनः खानेपानीको नेतृत्व लिएको हो ।

सुब्बाले १२५ मत ल्याउँदा गठबन्धन प्यानलबाट अध्यक्षका उम्मेदवार ठमनाथ लम्सालले ४७ मत मात्र पाएका छन् । उपाध्यक्षमा एमालेकै प्रेम बस्नेतले १२२ मत पाउँदा रमेश अधिकारीको पक्षमा ४८ मत खस्यो ।

त्यस्तै निर्वाचन समितिबाट राजीनामा दिएर महासचिवमा उम्मेदवारी दिएका एमाले उम्मेदवार शालिग्राम ढकाल विजयी हुँदा काँग्रेसका बालकृष्ण विष्टले ५३ मत पाए ।

सचिवमा लोकनाथ भट्टराईले १३० मत र कोषाध्यक्षमा गङ्गा प्रसाद दाहालले ११८ मत पाए । बाँकी १० जना कार्यसमिति र ५ सदस्यीय लेखा समितिमा पनि एमाले उम्मेदवारहरू विजयी भएका छन् ।

चैत्र २४ गते वडा प्रतिनिधिको निर्वाचन भएको थियो । वडा प्रतिनिधि सहित वर्तमान कार्यसमिति र लेखा समिति सहित १८३ मतदाताले मतदान गर्ने पाउने व्यवस्था थियो । १८३ मध्ये २ जनाको यसबिचमै मृत्यु भइसकेको र ३ जना मतदानमा अनुपस्थित भए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]