• वैशाख २५, २०८१
  • जुनकिरी खबर

सुनसरीमा जिल्ला लिग फुटबल हुने

alt

सुनसरीमा दुई वर्षपछि जिल्ला स्तरीय लिग फुटबल प्रतियोगिता हुने भएको छ । जिल्ला फुटबल संघ सुनसरीले वैशाख २६ देखि जेठ ९ गतेसम्म जिल्लाको ‘ए’ डिभिजन लिग हुने जानकारी गराएको छ ।

अखिल नेपाल फुटबल संघको संयोजनमा हुने लिग इटहरी र धरान क्षेत्र गरी दुई स्थानमा हुने जिल्ला फुटबल संघ सुनसरीका महासचिव कोबिदजंग कार्कीले जानकारी दिए । इटहरी रङ्गशाला तथा धरान रङ्गशालामा हुने प्रतियोगितामा सुनसरी जिल्ला फुटबल संघमा आबद्ध १० टिम सहभागी हुनेछन् । सहभागी १० टिमलाई २ समूहमा विभाजन गरी लिग सञ्चालन गरिने कार्कीले बताए । 
 
इटहरी क्षेत्र अन्तर्गत इटहरी रङ्गशालामा हुने खेलमा राष्ट्रिय जागृति क्लब, एलेभेन एरोज क्लब, इटहरी फुटबल क्लब, ब्वाईज क्लब र गोल्डेनस्टार यूथ क्लबले प्रतिस्पर्धा गर्ने छन् । धरान क्षेत्र अन्तर्गत धरान फुटबल क्लब, गोधुली क्लब, टेम्के क्लब, न्यु स्टार क्लब र संयुक्त युवा क्लब खेल्नेछन् । दुई समूहका उत्कृष्ट चार टिमलाई दोस्रो चरणको नकआउट प्रतियोगितामा सहभागी गराइनेछ । यी खेलहरू भने धरान रङ्गशालामा हुने जिल्ला फुटबल संघ सुनसरीका अध्यक्ष नवीन राईले जानकारी दिए ।
 
लिग विजेताले नगद ५० हजार रुपैयाँ र उपबिजेताले ३० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । विधागत उत्कृष्ट हुनेलाई नगद ३ हजार र सर्वाधिक गोलकर्तालाई नगद ५ हजार प्रदान गरिने जनाइएको छ । लिग च्याम्पियन टोली बढुवा हुँदै प्रदेश लिग खेल्न पाउने छ भने पुछारको टिम घटुवा हुनेछ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]