• वैशाख २५, २०८१
  • जुनकिरी खबर

इटहरीको खेती खोलाका अवैध संरचना हटाउन ३५ दिने उर्दी

alt

इटहरी उपमहानगरपालिकाले खेती खोलामा बनेका संरचना हटाउन ३५ दिने उर्दी जारी गरेको छ । खोला अतिक्रमण गरेर बनेका संरचना नहटाए डोजर चलाउने उपमहानगरले पत्राचार गरेको हो ।

खेती खोलामाथि नै धेरै संरचना अनधिकृत रूपमा बनेको भन्दै ३५ दिन भित्र खोलाको भाग छोड्न मेयर हेमकर्ण पौडेलले पत्राचार गरेका हुन् । खोलाको भाग मिचेर बनेका संरचना नछोडे डोजर चलाउने मेयर पौडेलको भनाई छ ।

इटहरीको खेती खोलाको दुवै किनारबाट ६/६ मिटर छोडी भवन संरचना बनाउनु पर्ने प्रचलित कानुनलाई आधार मान्दै संरचना हटाउने तयारी भएको मेयर  पौडेलले बताए । उनले उक्त खोला पैनीको दुवै तर्फ ६/६ मिटर नछोडी बनेका भवन संरचना ३५ दिनभित्र स्वयं हटाउन सूचना जारी गरेका हुन् ।

एक महिना अगाडी नै इटहरी उपमहानगरपालिकाले खोला-पैनी मिचेर बनाएको भौतिक संरचना भत्काउन सुरु गरेको थियो । खेती खोलामा दर्जनौँ घर टहरा भत्काउँदै आएको छ । खोला पैनी मिच्ने कसैलाई नछोड्ने मेयर पौडेलले बताउँदै आएका छन् ।

इटहरी उपमहानगरले दिएको समयभित्र उपरोक्त खोला तथा पैनी मिचेर बनेका अनधिकृत भवन संरचना नहटाए उपमहानगरपालिका आफैँले त्यस्ता प्रकृतिका संरचना हटाई त्यस्ता भवन संरचना हटाउन लागेको खर्च समेत सम्बन्धित व्यक्तिबाट असुल उपर गर्ने जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]