• जेठ ७, २०८१
  • जुनकिरी खबर

निलम र खेमराज बिच प्यानल भिडन्त

alt

नेकपा एमाले सुनसरीको आठौँ जिल्ला अधिवेशनमा २८१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सर्वसम्मत रूपमा नेतृत्व छनौटमा समस्या भएपछि नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया सुरु भएको हो । चुनावी प्रक्रियामा विभिन्न पदका लागि २८१ जनाले मनोनयन दर्ता गराएका छन् । 
 
अध्यक्षका लागि  २ जनाको मनोनयन दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृत गोविन्द मिश्राका अनुसार अध्यक्षका पदका लागि २ जनाको उम्मेदवारी दर्ता भएको  छ । अध्यक्षका लागि निलम खनाल र खेमराज पोख्रेलले मनोनयन दर्ता गराएका छन् । यस्तै उपाध्यक्षमा नन्द बस्नेत र परशुराम यादवले मनोनयन दर्ता गराएका छन् । सचिवमा पनि दुई जनाको मात्रै मनोनयन परेको छ । सचिवमा राम कोइराला र पदम लिम्बुले मनोनयन दर्ता गराएका छन् । 
 
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले दुई दिन अघि उद्घाटन गरेको अधिवेशनमा सर्व सम्मत नेतृत्व छान्ने प्रयास भएको थियो । सर्वसम्मत नेतृत्व छान्न नसके प्रतिस्पर्धाका आधारमा नयाँ नेतृत्व छान्न सुझाव दिएका थिए । उनी लगायत थिए  नेताहरूले प्यानल बनाएर र गुट बनाएर प्रतिस्पर्धा नगर्न निर्देशन दिए पनि सुनसरीको जिल्ला अधिवेशनमा प्यानल भिडन्त हुने गरी मनोनयन दर्ता भएको छ । निलम प्यानलको उपाध्यक्षमा परशुराम र सचिवमा राम कोइराला छन् । खेमराज प्यानलमा भने उपाध्यक्षमा नन्द बस्नेत र सचिवमा पदम लिम्बुले उम्मेदवारी दर्ता गराएका छन् । 
 
उप सचिवमा भने ६ जनाको मनोनयन दर्ता भएको छ । दुई जना उप सचिव पदका लागि इन्द्रकला राई, कमला थापा मगर,याम सुब्बा, कृष्णप्रसाद भट्टराई, भीम पोख्रेल र देवानन्द मेहताको मनोनयन दर्ता भएको छ ।  लेखा आयोगमा नौ जनाको मनोनयन दर्ता भएको छ । मनोनयन दर्ता भए पनि मतदानको  समय भने अझै तोकिएको छैन ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]