• जेठ ७, २०८१
  • जुनकिरी खबर

इटहरीमा बाटै छेकेर उठाइन्छ पार्किङ शुल्क

alt

टहरीलाई चौरास्तको सहर भनिन्छ । त्यसो त गर्मीयाममा भारतबाट पूर्वी पहाडी जिल्लामा भ्रमणमा आउने बाह्य पर्यटकहरूबीच बाटोमै कोही ‘अमुक’ व्यक्तिले गाडी रोक्दा आश्चर्यचकित मात्रै हुँदैनन्, आजित पनि बन्छन् ।

तर, इटहरी प्रवेश गर्नका लागि गुडिरहेका गाडीहरूलाई बाटै छेक्न तल्लिन हुन्छन्, केही युवाहरू । लाग्छ कि, उनीहरू गुडिरहेको गाडीभन्दा द्रूत कुदिरहेछन्, बाटो छेक्न । मुख्य राजमार्गको बीचमै उनीहरू गाडीलाई बाटो छेकेर पैसा असुलिरहेको भेटिन्छन् ।

यसले दुर्घटनाको जोखिम त छदैँछ, गुडिरहेको गाडीलाई पार्किङ शुल्क लिन पाइन्छ ?भन्ने प्रश्नचिह्न पनि खडा हुन्छ ।

गुडिरहेको गाडीलाई पार्किङ शुल्कको नाममा दादागिरी शैलीमा ‘रबैया’ देखाइरहेका हुन्छन् । यसबारे इटहरी सरकार र सम्बन्धित निकाय मूकदर्शक बनेको छ । मूकदर्शक बन्नुको पनि कारण छ ।

इटहरी उपमहानगरपालिकाले नै चालू आर्थिक वर्षमा पार्किङ शुल्कको ठेक्का लगाएको रहेछ । एक करोड ५२ लाखमा ठेक्का लगाएपछि ठेकदार कम्पनीले गुडिरहेका गाडीलाई बाटै छेकेर पार्किङ शुल्क उठाइरहेको छ ।

पार्किङको ठेक्का पाएको छ, नमुना कन्ट्रक्सन बराहक्षेत्र ५, सुनसरीले । ट्राफिक प्रहरीलेसमेत बाटै छेक्न नपाउने भएपनि यसरी बाटै छेकेर पैसा असुल्दा यात्रुहरूलाई समस्या हुने उनी बताउँछन् ।

खासगरी विराटनगर लाइन, पश्चिम लाइन, पूर्व लाइन र भित्री बाटाहरूमासमेत यसरी पैसा असुल गरिरहेको पाइन्छ । बाटामा हिँड्ने चारपाङ्ग्रे सवारीसाधन र तीन पाङ्ग्रे ई–रिक्सालाई बाटै छेकेर पैसा असुल्ने गरेको पाइएको छ । यता, पार्किङको ठेक्का पाएको कम्पनीनमुना कन्ट्रक्सन बराहक्षेत्र ५ का सञ्चालक जीवन राईले भने पालिकासँग पार्किङ, पूर्वाधार र सरसफाईका लागि भनेर कर उठाइनेसम्झौता भएको बताए । उनका अनुसार इटहरीका २० वटै वडाको पूर्वाधार, सरसफाई र पार्किङका लागि भनेर कर उठाइएको बताए ।

यता, इटहरी उपमहानगरपालिकाका प्रवक्ता दिवस पोखरेलले भने पार्किङको नाममा ठेक्का लगाउनु नै गलत भएको स्वीकार गरे । ‘यो खासगरी राजस्व शाखालेठेक्का लगाएको हो । पालिकाको क्षेत्राधिकारभित्रै नपर्ने कुरा ठेक्का लगाउनु नै गलत भयो,’ उनले भने, ‘जबरजस्ती बाटै छेकेर पैसा उठाइरहेको हामीले पनि देखेका छौँ, यो गलत हो ।’

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]