• जेठ ७, २०८१
  • जुनकिरी खबर

होटेल व्यवसायी संघ इटहरीमा विवाद

alt

होटेल व्यवसायी संघ इटहरीमा उत्पन्न विवाद उत्कर्षमा पुगेको छ । संघमा आबद्ध उपाध्यक्ष, कोषाध्यक्ष सहित केही असन्तुष्ट पदाधिकारीले सोमबार पत्रकार सम्मेलन गरी संघका अध्यक्ष जीवन पराजुलीले विधान विपरीत नियुक्त गरेका कार्यवाहक अध्यक्ष जयप्रसाद  उपाध्यायले मनोमानी गरेको आरोप लगाएका छन ।
 
पराजुली इटहरी उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएर गएपछि उनले बिधानत उपाध्यक्षलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी नदिई उपाध्यायलाई दिएपछि मनोमानी सुरु भएको उनीहरूको आरोप छ । इलामको श्रीअन्तुमा व्यवसाय गर्दै आएका उपाध्यायको इटहरीमा कुनै होटेल व्यवसाय नभएको र उनलाई पराजुलीले कार्यबहाकको जिम्मेवारी दिएर पुन विधान विपरीत अहिले महासचिवको जिम्मेवारी दिएको असन्तुष्ट पक्षको भनाई छ ।
 
महासचिव उपाध्यायले गत चैत्र २७ गते उपाध्यक्ष प्रकाश महतो, कोषाध्यक्ष बाबुराम गिरी र सदस्य कृष्ण पराजुलीलाई संघबाट निष्कासन गरेका थिए । विधान विपरीत अध्यक्ष पराजुली र उपाध्यायले पदाधिकारीलाई कारबाही गर्दै संघबाट निष्कासन गरेकाले आफूहरू विरोधमा उत्रिएको असन्तुष्ट पक्षले जनाएका छन् । 
 
होटेल व्यवसायी संघ इटहरीको अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई कोरम नपुगेको साधारण सभाबाट विधान संशोधनको हवाला दिँदै कुनै पनि स्पष्टिकरणको लिखित जवाफ समेतको मौका नदिई पदमुक्त गरिएको उपाध्यक्ष महतोले बताए । महतो लगायतका पदाधिकारीले संस्थाको साधारण सभा, पिकनिक जस्ता कार्यक्रम गर्दा विभिन्न मदिराजन्य पदार्थ उत्पादन/बिक्री गर्ने कम्पनीबाट लिएको सहयोग आम्दानी आयव्ययमा प्रस्तुत नगरी हिनामिना गरेको समेत आरोप लगाएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]