• जेठ ११, २०८१
  • जुनकिरी खबर

धरान फुटबल क्लब सुनसरी जिल्ला लिग च्याम्पियन

alt

धरान फुटबल क्लब सुनसरी जिल्ला लिग च्याम्पियन बनेको छ । धरान रंगशालामा बिहीबार सम्पन्न फाइनल खेलमा इटहरीको राष्ट्रिय जागृति क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै धरान लिग च्याम्पियन बनेको हो ।

लिग च्याम्पियन बनेको धरानले नगद ५० हजार पुरस्कार पाएको छ भने प्रदेश लिगका लागि छनौट भएको छ । उपविजेता बनेको राष्ट्रिय जागृतिले ३० हजार रुपैयाँ हात पारेको छ ।

निर्धारित समयमा दुई टिमले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टीमा धरानको तर्फबाट आशिष पुरी, मिजास लिम्बु, सुभास राणामगर, सचिन श्रेष्ठ र सुजन इङनामले गोल गरे । प्रितम लिम्बुको प्रहार जागृतिका गोलकिपर राजेश खड्काले रोकेपनि त्यो जीतको लागि पर्याप्त हुन सकेन । जागृतिका सुमित चौधरी, युगेन राई, विजय राई र योगेन्द्र कार्कीले मात्र गोल गर्न सके । प्रशान्त सुब्बाको प्रहार आकाशियो भने कालीबहादुर थापाको प्रहार धरानका गोलकपिर सचिन श्रेष्ठले रोकिदिए । पहिलो सेमिफाइनलमा धरानले ब्वाइज फुटबल क्लब, इटहरीलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै फाइनल पुगेको थियो।

यस्तै दोस्रो सेमिफाइनलमा राष्ट्रिय जागृतिले धरानकै गोधुली फुटबल क्लबलाई २–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । लिग चरणको खेलमा भने राष्ट्रिय जागृति ४ खेलमा ३ मा जीत र १ खेलमा बराबरी खेल्दै १० अंकका साथ शीर्षस्थानमा रहँदै सेमिफाइनल पुगेको थियो।

धरान फुटबल क्लबले लिग चरणमा खेलेका ४ खेलमा २ मा जीत २ मा बराबरी गर्दै ८ अंकका साथ सेमफिाइनलमा स्थान बनाएको थियो। अखिल नेपाल फुटबल संघको संयोजनमा वैशाख २६ गतेदेखि भएको लिग इटहरी र धरान क्षेत्र गरी दुई स्थानमा भएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]