• जेठ १६, २०८१
  • जुनकिरी खबर

कोशी प्रदेश सरकार गठनबारे रिटको सुनुवाइ स्थगित

alt

कोशी प्रदेश सरकार गठनबारे रिटको सुनुवाइ स्थगित भएको छ । सो रिट आज हेर्न नभ्याइने सूचीमा राखिएपछी सुनवाई नहुने भएको हो । कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले हालेको रिटमा बुधबार पेशी तोकिएको थियो। बुधबार न्यायाधीश मनोजकुमार शर्मा र सारंगा सुवेदीको इजलासमा परेको थियो। 

यसअघि जेठ ९ गते सर्वोच्च अदालतका न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको इजलासले मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदाको कागजात झिकाउन आदेश दिएका थिए।

नेकपा (एमाले) का प्रदेश सांसद कार्की गत वैशाख २७  गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए। उनले वैशाख ३१ गते विश्वासको मत प्राप्त गरेका थिए। कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै निवर्तमान मुख्यमन्त्री केदारले सर्वोच्चमा वैशाख २७ गते रिट दिएका थिए।

उनले सरकार गठन नै असंवैधानिक भएको दाबी गरेका थिए।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]