• भदौ ८, २०७६
  • जुनकिरी खबर

प्राधिकरणलाई इटहरीका मेयरको चेतावनी

alt

चर्चा र विवादमा आएका इटहरी उपमहानगरपालिकका मेयर द्वारिकलाल चौधरीले नगरको सडक क्षेत्राधिकारभित्र रहेको अस्थायी संरचना हटाउने निर्णय गरेपछि फेरि चर्चामा आएका छन् । इटहरी नगरक्षेत्रमा सडक सुशासन कायम गर्न पूर्व पश्चिम सडकको लविपूर चौकदेखि रामधुनी नगरपालिकाको सिमानासम्म सडकको दायाँ बायाँ साढे ८२ फिट क्लियर गर्ने निर्णय गरेका छन् ।

उनले भने, ‘सडक किनार अतिक्रमण गरेर निर्माण भएका भौतिक संरचना हटाउन एक सातासम्म अनुरोध गर्छौं, त्यसपछि पनि नहटाएमा उपहानगरले आफै हटाउने निर्णय गरेका छौं ।’


अभियान सुरु गर्नुअघि उपमहानगरले आइतबार प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतमणि रिजाल समेतको उपस्थितिमा सम्बन्धित विषयगत कार्यालय र सबै सरोकारवाला पक्षसँग छलफल गरेको प्रमुख चौधरीले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]