• जेठ २७, २०८१
  • जुनकिरी खबर

प्रदेश योजना आयोगका उपाध्यक्षको गाडीमा आगजनी

alt

रङ्गेली नगरपालिकाका कार्यवाहक मेयर र  प्रमुख प्रशासकीय अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका विद्यार्थीको रिहाइका माग गर्दे आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका छन् ।
 
विराटनगर स्थित महेन्द्र मोरङ क्याम्पस अगाडिका विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका हुन् । प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारी चढेको को १ झ ६४४ नम्बरको स्कारपियो गाडीमा विद्यार्थीहरूले आगजनी गरेका हुन् । 
 
मोरङको रङ्गेली नगरपालिकाका कार्यवाहक मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ६ जना विद्यार्थीहरूलाई पक्राउ गरेको छ । विद्यार्थीहरूले दुर्व्यवहार गरेपछि नगर रक्षकहरूसँग भएको झडपमा केही नगर रक्षक समेत घाइते भएका छन् । सो घटनामा संलग्नलाई छाड्नु पर्ने दबाब दिँदै विद्यार्थीहरू आन्दोलित छन् । 
 
 निजी विद्यालयहरूले आफूखुसी कानुन विपरीत शुल्क लिइरहेको तथा शिक्षक छनोटमा मनपरी गर्दै विद्यालयमा आफ्ना मान्छेलाई नियुक्ति दिलाएको भन्दै ज्येष्ठ १३ गते नगरपालिकाको कार्यालयमा ज्ञापन पत्र विद्यार्थीहरू गएका थिए । सो क्रममा उनीहरूले दुर्व्यवहार गरेको प्रहरीको दाबी छ । 
 
पक्राउ पर्ने विद्यार्थीहरूमा रङ्गेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रङ्गेली–७ का १८ वर्षीय रमणकुमार राय, रङ्गेली–८ का १९ वर्षीय विषेक झा र रङ्गेली–२ का मिलन मिश्र रहेका छन् ।
 
पक्राउ परेको समूहले नगरपालिकाका कार्यवाहक प्रमुख एवं रङ्गेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि पनि दुर्व्यवहार गरेको प्रहरीको आरोप छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]