• जेठ २७, २०८१
  • जुनकिरी खबर

इटहरीमा दुई सहकारी संस्थाका सञ्चालक फरार

alt

इटहरीमा बचतकर्ताको रकम अपचलन गरी दुईवटा सहकारी संस्थाका सञ्चालक फरार भएका छन् । कलश र हलेसी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक बचतकर्ताको रकम अपचलन गरी फरार भएका हुन् । कलश बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले १५ लाखभन्दा बढी रकम अपचलन गरेर फरार भएका हुन् ।

बचतकर्ताले इटहरी उपमहानगरपालिकामा उजुरी दिएको आधारमा १० लाख र अन्य निवेदकमध्ये रकम नखुलाई दिएको आधारमा १५ लाखभन्दा बढी नै अपचलन भएको सहकारी शाखा प्रमुख बालकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार कलश सहकारीका अध्यक्ष मीनबहादुर तामाङबाहेक अरु कोही पत्ता लागेको छैन। त्यसैगरी, इटहरी वडा नं. ६ मा रहेको हलेसी बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको ६४ लाख रुपैयाँ तिर्न बाँकी रहेको अडिटमा उल्लेख गरिएको छ। अडिटमा ९ लाख रुपैयाँ ऋण लगानी भएको उल्लेख छ।

हलेसी बचतविरुद्ध १ सय ५० भन्दा बढीले इटहरी उपमहानगरपालिकामा उजुरी दिएका छन्। हलेसीका अध्यक्ष मनीता श्रेष्ठ रहेकी छन् । अहिले हलेसीको कार्यालय नै बन्द गरेर सम्पूर्ण समितिका सदस्य फरार भएको प्रहरीको भनाइ छ ।

कलश र हलेसी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकलाई कारबाही गर्न इटहरी उपमहानगरपालिकाले प्रहरीलाई पत्राचार गरिसकेको छ। दुवै सहकारीका सञ्चालकको खोजी कार्य भइरहेको डीएसपी टेकबहादुर कार्कीले बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]