• असार १, २०८१
  • जुनकिरी खबर

बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको आय व्यय सार्वजनिक 

alt

गत चैत्र २७ गतेदेखि वैशाख २८ गतेसम्म ३२ दिन वराहक्षेत्र नगरपालिका वडा नं १ प्राचीन हरिद्वार चतराधाममा आयोजना भएको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको आय व्यय सार्वजनिक  गरिएको छ । मेलाको आयोजना गरेको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिले उक्त आय-व्यय सार्वजनिक गरेको हो ।

शुक्रवार बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिले सार्वजनिक गरेको आर्थिक प्रतिवेदन अनुसार कुम्भ मेला पहिलो पटक नाफामा देखिएको हो । यस अगाडि लागेको ४ वटा कुम्भ मेलामा मूल आयोजक समिति आर्थिक रूपमा नोक्सानमा रहेको थियो ।

मूल आयोजक समितिकी कोषाध्यक्ष सीता भण्डारी पौडेलले आय/व्यय प्रस्तुत गरेकी थिइन् । कोषाध्यक्ष भण्डारीका अनुसार कुम्भ मेलाको आयोजनाबाट ७९ लाख ५ हजार ८५ सय २ रुपैयाँ ८२ पैसा बचत भएको छ ।

समितिले भक्तजनहरूबाट, रसिदबाट, बजार, यातायात, सहयोग लगायतबाट २ करोड २२ लाख ७० हजार ५ सय ६ रुपैयाँ ४२ पैसा सङ्कलन गरेको थियो । जसमा १ करोड ४३ लाख ६४ हजार ६ सय ५३ रुपैयाँ ६ पैसा खर्च भएको छ ।

३२ दिन सम्म आयोजना भएको कुम्भ मेलामा देश विदेशबाट ७० लाख भन्दा बढी भक्तजनहरूको आगमन भएको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिका सह-अध्यक्ष समेत रहेका नगर प्रमुख रमेश कार्कीले बताए ।

शुक्रवार कुम्भ परिसरमा आयोजना भएको आय व्यय सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रममा उनले कुम्म मेला आयोजनाको तयारी, व्यवस्थापन, सञ्चालनकामा सहयोग पुराउने सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद व्यक्त गरे । कुम्भ सफल बनाउन प्रदेश र सङ्घीय सरकारले ठुलो सहयोग रहेको कार्कीले बताए ।

उक्त कार्यक्रममा जगदगुरु तथा कुम्भ मेलाका परिकल्पनाकार वालसन्त मोहन शरण देवाआचर्य, प्रदेश सरकारका मुख्य सचिव केदारनाथ शर्मा, प्रदेश मन्त्रालयका सचिव, कोशी प्रदेश सरकारकी पूर्व राज्यमन्त्री इन्दिरा थापा, कोशी प्रदेश सभाका सदस्य ममता तामाङ, विजय राई, रोहित कार्की, रमेश बस्नेत, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकृत रामचन्द्र तिवारी, बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिका महासचिव ओमकुमार शर्मा लगायतले कुम्भको चर्चा गरेका थिए ।

बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिका सह-अध्यक्ष समेत रहेका नगर प्रमुख रमेश कार्कीको सभाध्यक्षयतामा आयोजना भएको कार्यक्रममा उनले सफल पदाधिकारीहरू,वडा अध्यक्ष,  सुरक्षा निकाय, स्वयंसेवक, स्वास्थ्यकर्मी तथा कुम्भ मेलाका सर्जक जगद गुरु बालसन्त मोहन शरण महाराजलाई धन्यवाद तथा आभार प्रकट गरेका थिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]