• असार ३, २०८१
  • जुनकिरी खबर

इटहरीमा जारी ग्रास रुट फुटबल क्याम्प ४५ औँ हप्तामा

alt

बिद्यालयस्तर देखी नै खेलाडी उत्पादन गर्ने उदेश्वले इटहरीमा सुरु ग्रास रुट फुटबल क्याम्प ४५ औँ हप्तामा पुगेको छ । अखिल नेपाल फूट्बल संघ एन्फाले ५ वर्षअघि सुरु गरेको फुटबलको आधारभूत तह मानिने ग्रास रुट अहिले राष्ट्रिय जागृति क्लब सहित इटहरी फुटबल क्लब र द ब्वाइज क्लबले सञ्चालन गर्दै आएका छन् । एन्फाको आर्थिक सहयोग रोकिएपछि इटहरीका यी क्लबहरूले सुरु गरेको ग्रास रुट कार्यक्रमले ४५ औँ हप्ता पार गरेको हो ।

इटहरी उपमहानगर ६ नं वडाको आर्थिक सहयोगमा ४५ हप्तासम्म चलेको कार्यक्रमका लागि चालु आर्थिक वर्षको बजेट सकिएपछि शनिवार समापन गरिएको छ । केही हप्ताको विश्रामपछि स्थानीय सरकारबाट सहयोग मागेर पुन सञ्चालन गरिने कार्यक्रम संयोजक एवंम एन्फा कोसी प्रदेशका सह महासचिव केशव कार्कीले बताए । 

 फुटबल प्रतिको क्रेज बालबालिकामा देखेपछि आफूहरू नेपाली फुटबललाई एसियाकै उत्कृष्ट बनाउन लागिपरेको बताए । उनले उमेर समूहको प्रतियोगिता आयोजनालाई पनि स्थानीय क्लबहरूले प्राथमिकतामा राखेको जानकारी दिए । विगतमा एन्फाको भूमिका प्रभावकारी नभएकै कारण फुटबललाई नै आफ्नो लक्ष्य बनाएर खेल क्षेत्रमा लाग्ने खेलाडीहरूको संख्या नगन्य मात्रामा भएको उनले बताए ।

पछिल्लो समय स्थानीय तहले पनि खेलकुदलाई महत्त्व दिएकाले थुप्रै प्रतिभावना खेलाडीहरू बाहिर ल्याउन सहयोग पुग्ने कार्कीले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]