• असार ३, २०८१
  • जुनकिरी खबर

पहिचानवादीहरुको आन्दोलन मङ्सिर २ देखी

alt

कोशी नाम खारेजी, पूनःनामांकन संयुक्त सङ्घर्ष समितिको ताप्लेजुङमा भएको बैठकले नयाँ चरणको आन्दोलन आउँदो मङ्सिर २ गते देखी सुरु गर्ने निर्णय गरेको छ ।

बैठकले अबको वार्ता मुख्यमन्त्रीको नेतृत्वमा मात्र दलका नेताहरू सहितको वार्ता टोलीसँग गर्न सकिने निर्णय गरेको छ ।

बैठकपछि जरी विज्ञप्तिमा भनिएको छ ‘प्रदेश सरकारले गठन गरेको तथाकथित राजनीतिक तथा शान्ति वार्ता टोलीको सम्बन्धमा कोशी प्रस्तावक राम राना मगरकै नेतृत्वमा वार्ता टोली गठन गर्नु खेदजनक छ। निष्कर्षमा पुग्ने गरी वार्ता गर्ने हो भने बहुमत पुग्ने गरी अस्तित्वमा रहेका दलका नेताहरू सहितको मुख्यमन्त्रीको नेतृत्वमा मात्र वार्ता गर्न सकिने निर्णय गरियो ।’

समितिको बैठक असार १ र २ गते ताप्लेजुङको फुङलिङ बजारमा प्रमुख घटक किरात याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम येक्तेनको सभापतित्वमा बसेको जनाइएको छ ।

वक्तव्यमा नयाँ चरणको आन्दोलन मङ्सिर २ गते देशी सुरु गर्ने उल्लेख गर्दै भनिएको छ ‘प्रदेश सरकार र सभाले हाल सम्मको आन्दोलनलाई आवश्यक ध्यान नदिएको कारण कोशी नाम खारेजी आन्दोलनलाई घनभूत तयारीको साथ २०८१ मङ्सिर २ गते आइतबार विराटनगरमा विशाल जनप्रदर्शन सहित नयाँ चरणको आन्दोलन सुरु गर्ने निर्णय गरिएको छ ।’

संयुक्त सङ्घर्ष समितिले ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल मुक्कुमलुङ पाथीभरामा प्रस्तावित केबलकार निर्माणको विरोधमा चलेको आन्दोलनलाई सक्रिय रूपमा सघाउने निर्णय पनि गरेको छ ।

वक्तव्यमा भनिएको छ ‘मुन्धुम स्थल मुक्कुमलुङ माथि भएको सांस्कृतिक अतिक्रमण र केबलकार निर्माण खारेजीको लागि हाल सङ्घर्षरत मुक्कुमलुङ ताङसीप फाःसिङसंगै प्रदेश नं १ संयुक्त सङ्घर्ष समितिले संयुक्त सङ्घर्ष गर्ने निर्णय गरियो ।’

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]