• असार ६, २०८१
  • जुनकिरी खबर

टेँग्राखोलाले बस्ती कटान गर्दा ६ घर विस्थापित

alt

टेँग्राखोलाले इटहरी वडा नम्बर १३ का बस्तीमा कटान गर्दा ६ घर विस्थापित भएका छन् । अन्य घरहरु पनि उच्च जोखिममा रहेका छन् । टेँग्राखोलामा आएको बाढिले किनाराका घरहरु भत्काएको हो । राती पुनः पानी परे अन्य घरहरु पनि भत्किने उच्च जोखिममा रहेको छ । 

विस्थापित भएका स्थानियहरु छिमेकीको घरमा बस्न थालेका छन् । बस्ती नै उच्च जोखिमा परेपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी सहित जिल्ला स्थित विपत व्यवस्थापनको टोलीले अनुगन गरेको छ । 

जोखिममा परेका घरहरुलाई जोगाउन तथा बाढि नियन्त्रणका लागि काम भइरहेको इटहरी उपमहानगरपालिकाका वातावरण अधिकृत पुष्प नारायण चौधरीले जानकारी दिए । 

यता,घर भत्किए पछि विस्थापित भएका परिवार तथा वडा नम्बर १३ का बासिन्दाहरुले वडा कार्यालय घेराउ गरेका छन् ।  खोलाले कटान गर्दै घर भत्काए पछि उनीहरु आक्रोसित हुँदै वडा कार्यलयमा घेराउ गरेका हुन । 

खोलाको अतिक्रमित क्षेत्र क्लियर गर्न तथा सफाइ गर्न उपमहानगरपालिकाले एक महिना अघि देखी टेँग्राखोला सफाइ अभियान चलाएको थियो । सो क्रममा जेसिबीले खनेको खोला किनाराका बस्तीमा सामान्य बाढिले नै कटान गर्न थालेको हो । 

खोला सफाइ गर्दा गहिरो खनेका कारण किनाराका घरहरु कटानमा परेको स्थानियले आरोप लगाएका छन् । 

इटहरी–१३ की देवीकुमारी कार्कीको घर भासिएको छ । घर जोगाउन लगाएको प्रोटेक्सन वाल खोलाले भत्काइदिएको छ । घर भत्किने जोखिम भएपछि परिवार छिमेकीको घरमा सरेको कार्कीले बताइन् । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]