• असार ८, २०८१
  • जुनकिरी खबर

कोशी प्रदेशको बजेट बहुमतले पारित

alt

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । असार १ गते प्रदेश सभामा कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेश सभामा पेस गरेको बजेट बहुमतले पारित भएको हो । 
 
आगामी आर्थिक वर्ष २०८१/०८२ कोलागि प्रस्तुत गरेको ३५ अर्ब २७ करोड ९३ लाख बजेट बहुमतले पारित भएको हो । प्रदेश रकारले प्रस्तुत गरेको बजेटमा चालु  तर्फ १४ अर्ब ४७ करोड २३ लाख र पुँजीगत तर्फ ४ अर्ब ५८ करोड ५० लाख विनियोजन गरेको छ ।  
 
जस मध्ये चालु  खर्च  मध्ये सङ्घीय अनुदान फिर्ताको लागि ३ अर्ब राखिएको छ।   प्रदेश सरकारको आन्तरिक राजश्व ४ अर्ब ९८ करोड, राजश्व बाँडफाँडबाट १२ अर्ब ४० करोड ८ लाख सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ८ अर्ब १४ करोड ३२ लाख, सशर्त अनुदान ४ अर्ब १६ करोड ४३ लाख, समपूरक अनुदानबाट प्राप्त हुने ६५ करोड ५० लाख र विशेष अनुदानबाट ७८ करोड १ लाख गरी ३१ अर्ब ९२ करोड ३४ लाख खर्च बेहोरिने भनिएको छ।  बाँकी मौज्दातबाट ३ अर्ब २५ करोड र वैदेशिक अनुदानबाट १० करोड ५९ लाख बेहोरिने उल्लेख गरिएको छ।  
 
सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा सत्ता पक्षीय सांसदहरूले नै आलोचना गरेका थिए । कोशी प्रदेश सभामा बोल्ने मन्त्री तथा मुख्यमन्त्रीले केही सामान्य त्रुटि भए पनि त्यसलाई आगामी दिनमा संशोधन गरेर जाने प्रतिबद्धता जनाएपछि बजेट पारित भएको हो । मुख्यमन्त्री र मन्त्रीका क्षेत्रमा धेरै बजेट हालिएको र समानुपातिक बजेट वितरण नभएको आरोप सरकार माथि लाग्दै आएको छ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]