• असार ८, २०८१
  • जुनकिरी खबर

इटहरीमा युवा उद्यमी मञ्चद्धारा बिजनेस आइडिया प्रतियोगिता

alt

युवा उद्यमी मञ्च (एनवाइइएफ) सुनसरीले आयोजना गरेको अन्तर कलेज बिजनेस आइडिया प्रतियोगिता सम्पन्न भएको छ । इटहरीको बरण्डा होटेलमा शुक्रबार सम्पन्न प्रतियोगितामा विश्व आदर्श कलेजले अवार्ड हात पारेको हो ।

६ कलेजको सहभागिता रहेको प्रतियोगिताका उपविजेता भने घोषणा गरिएको छैन । विजयी विश्व आदर्शले एक लाख नगदसहित प्रमाणपत्र प्राप्त गरेको छ । उद्योगी शिवप्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न उद्योगी तथा व्यवसायीहरूको उपस्थिति थियो । कार्यक्रममा सम्बोधन गर्दै घिमिरेले यस्ता प्रतियोगिताबाट आएका आइडियले युवाहरूलाई उद्यमी बनाउने बताए ।

उद्यमी मञ्च सुनसरीका अध्यक्ष चन्द्र देवकोटाले युवाहरूमा स्वरोजगार र उद्यमीको भावना विकास गराउन प्रतियोगिता गरेको जानकारी दिए ।

विद्यार्थीको आइडिया लगानीकर्तासम्म पुर्‍याउने र रचनात्मक बिजनेस सुरुवात गर्ने उद्देश्य राखिएको उनले बताए । प्रतियोगितामा विश्व आदर्शसहित कस्तुरी, कोशी, सुष्मा, ग्रीनपिस लिङ्कन र इटहरी इन्टरनेसनल कलेजले सहभागिता जनाएका थिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]