• असार ८, २०८१
  • जुनकिरी खबर

इटहरी नेकपा एमालेको नवौं अधिवेशन सुरू

alt

नेकपा एमालेले इटहरीको ९ नवौं नगर अधिवेशन सुरू भएको छ । नेकपा एमाले इटहरी नगरका कार्यवाहक अध्यक्ष रूपेश बस्नेत, नेकपा एमाले स्थायी कमिटी सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज , कोशी प्रदेशका पुर्व मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यता तथा नेकपा एमालेकी केन्द्रीय सदस्य तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले अधिवेशन उद्घाटन गर्नुभएको थियो । 

मिसन ८४ लाई सफल पार्न अधिवेशन आयोजना गरिएको अधिवेशनले नयाँ कार्य समिति गठन गर्ने भएको छ । बेलैमा एमालेका जनप्रतिनिधिहरूले बुद्धि पुरायएनन् भने मिसन २०८४ जित्न नसकिने कोशीका पुर्व सभामुख तथा इटहरी उपमहानगरपालिकाका पुर्व नगर प्रमुख सर्बध्वज सावाले बताउनुभयो । 

एउटै आगन , एउटै क्षेत्र , एकै ठाउँ जाने भएकाले अधिवेशनले मिसन  २०८४ लाई सहयोग गर्ने नेकपा एमालेकी केन्द्रीय सदस्य तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बताउनुभयो । राष्ट्रियताको मुद्दा बोग्ने नेकपा एमाले हो भन्ने उहाँको भनाई थियोे । 

इटहरीमा नेकपा एमाले अवसर वाद र अराजक बन्न नहुने अधिवेशनका प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज , कोशी प्रदेशका पुर्व मुख्यमन्त्री शेरधन राईले बताउनु भयो । पार्टीको विधि विधान , नीति अनुसार काम गर्नु पर्ने उहाँको भनाइ थियोे । 

नयाँ कमिटी गठन गर्न क्रम अनुसार गर्ने नेकपा एमाले इटहरी नगरका कार्यवाहक रूपेश बस्नेतले बताउनुभयो । आगामी दिन पनि पार्टीलाई सहयोग गर्दै आउने उहाँको भनाइ छ । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]