• असार ११, २०८१
  • जुनकिरी खबर

बुढी खोलामा आएको बाढीमा परी एक जनाको मृत्यु

alt

बुढी खोलामा आएको बाढीमा परी एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । बिहानै देखी परेको भारी वर्षाको कारण बुढी खोलामा आएको बाढीले सुन्दरहरैचा ५ का स्थानीय ४ जनालाई बगाएको हो ।
 
ती मध्ये एक जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए । प्रहरीको टोली घटनास्थल पुगेर उद्धारको काममा जुटिसकेको कार्कीले बताए । मृतक तथा बेपत्ताको पहिचान खुलिनसकेको कार्कीले बताए ।
 
यसैबिच जल तथा मौसम विभागले आज बिहान ११ बजेदेखीनै उक्त खोलामा पानीको बहाव उच्च भएकाले सतर्कता अपनाउन टटिय क्षेत्रका बासिन्दासँग आग्रह गरेको छ । दिउसो ३ बजेसम्म खोलामा बहाव उच्च रहने भन्दै एसएमएस सन्देश मार्फत विभागले सतर्क रहन आग्रह गरेको हो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]