• असार १५, २०८१
  • जुनकिरी खबर

कोशीले जित्यो महिला ह्वीलचियर बास्केटबलको उपाधी

alt

प्रथम अन्तरप्रदेश महिला ह्वीलचियर बास्केटबल प्रतियोगिताको उपाधी कोशी प्रदेशले जितेको छ । इटहरीमा सम्पन्न फाइनलमा लुम्बिनी प्रदेशलाई ५ का बिरुद्ध ८ स्कोरले पराजित गर्दै कोशीले उपाधी जितेको हो । 

पहिलो क्वाटरमा २–२ को बराबरी स्कोर जोडेको कोशीले दोस्रो क्वाटरमा २–० को अग्रता कायम गरेको थियो । तेस्रो क्वाटरमा लुम्बीनीसंग ३–२ स्कोरले पछी परेको कोशीले अन्तिम क्वाटरमा २–० को स्कोर निकाल्दै बिजेता बन्न सफल भएको हो ।

स्पाइनल इन्जुरी संघ कोशी प्रदेशको आयोजनामा तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको मुख्य सहयोगमा सम्पन्न प्रतियोगिताको बिजेता कोशीले उपाधीसंगै नगद २५ हजार पाएको छ ।

उपबिजेता लुम्बिनीले २० हजार पाएको छ । प्रतियोगितामा कोशी प्रदेशकी रजनी राई उत्कृष्ट खेलाडीसंगै हाइस्कोरर घोषित भइन । दुई दिनसम्म चलेको प्रतियोगितामा मधेश प्रदेश बाहेक ६ वटै प्रदेशको सहभागीता रहेको थियो । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]