• असार १५, २०८१
  • जुनकिरी खबर

गगन थापा असार २० गते इटहरी आउने

alt

नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापा असार २० गते बिहीबार इटहरी आउने भएका छन् । काँग्रेस इटहरी उपमहानगर समितिको नगर सम्मेलन उद्घाटन सत्रलाई सम्बोधन गर्न थापा इटहरी आउन लागेका हुन् ।

यसअघि सुनसरीको धरान उपमहानगर सम्मेलनमा आएका उनी इटहरीमा समेत प्रमुख अतिथिको रूपमा आउन लागेका छन् । गिरिजा प्रसाद कोइरालाको जन्म जयन्तीको अवसर पारेर इटहरी काँग्रेसले विविध कार्यक्रम आयोजना गर्ने भएको छ ।

१८ गते कोइरालाको जन्मोत्सवको दिन वृक्षारोपण गर्ने बताएका नगर उपसभापति बालकृष्ण विष्टले २० गते नगर सम्मेलन गर्ने बताए । सोही दिन खुल्ला सत्र र बन्द सत्र दुवै हुने भएकाले तोकिएको समयमै कार्यक्रम सुरु हुने जानकारी दिए । इटहरी उद्योग वाणिज्य सङ्घको सभा हलमा हुने कार्यक्रम दिउँसो ११ बजे उद्घाटन हुने उनको भनाइ छ ।

कार्यक्रम संयोजक समेत रहेका विष्टले २२ गते कार्यकर्ता प्रशिक्षण आयोजना हुने बताए । उनका अनुसार सोही हलमा हुने कार्यक्रमको प्रमुख प्रशिक्षकमा केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी सङ्घका पूर्व सभापति कल्याण गुरुङ आउने भएका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]