• असार १६, २०८१
  • जुनकिरी खबर

एमाले इटहरीको अध्यक्षमा रुपेस बस्नेत निर्वाचित

alt

नेकपा एमाले इटहरीको अध्यक्षमा रुपेस बस्नेत निर्वाचित भएका छन् । अन्तिम मत परिणाममा बस्नेतले निकटतम प्रतिद्वन्द्वी सुजन लामालाई १ सय १८ मतले पछि पार्दै निर्वाचित भएका हुन ।  बस्नेतले १९७ मत प्राप्त गर्दा लामाले ७९ मत प्राप्त गरे । यस्तै अध्यक्षका अर्का उमेद्धवार उमेश पौडेलले ६२ मत मात्र प्राप्त गरे । उपाध्यक्षमा जीतेन्द्र थापा निर्वाचित भए । थापाले २०१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी मन्दिरा भटराईले १३१ मत प्राप्त गरिन् ।
 
यसै गरी सचिवमा मदनबहादुर कार्कीले १७३ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी राजेन्द्र केशरी घिमिरेले १२१ र गोपाल गिरीले ४० मत प्राप्त गरे । उपसचिवमा रञ्जु सिग्देलले २४५ मत र तेजनारायण चौधरीले १५० मत प्राप्त गर्दै विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी मनोजकुमार राय, सुनिल कार्कीले समान ९१ मत प्राप्त गर्दा  विमलादेवी लम्सालले ८१ मत प्राप्त गरिन् ।
 
यस्तै, लेखा कमिटी सदस्य महिला तर्फ मेनुका घिमिरे भट्टराई र रेणुका राई, लेखा कमिटी सदस्य खुल्ला तर्फ निशान खनाल र प्रशान्त पोखरेल निर्वाचित भएका छन् । यसै गरी, हल खुल्ला महिला सदस्य तर्फ चन्दा पुरी, दमयन्ता कार्की, धनुकला नाल्बो लिम्बू र धनमाया श्रेष्ठ, हल खुल्ला पुरुष सदस्य तर्फ उमानाथ दाहाल, उमेश सुवेदी, केदार घिमिरे, देवराज मादेन र हर्कबहादुर मगर निर्वाचित भएका छन् ।
 
दलित महिला सदस्य तर्फ राधिका विश्वकर्मा, आदिवासी जनजाति सदस्य तर्फ शिलाकुमारी गुरुङ, जनजाति पुरुष सदस्य तर्फ पूर्णबहादुर तामाङ र सरोजकुमार गुरुङ, थारु महिला सदस्य तर्फ गायत्रीकुमारी चौधरी, थारु खुल्ला सदस्य तर्फ कमलकुमार चौधरी र सत्यनारायण चौधरी निर्वाचित भएका छन् । 
 
भूगोल खुल्ला सदस्य (७ नं.) तर्फ देवनारायण चौधरी, भूगोल महिला सदस्य (७ नं.) तर्फ मेनुका बञ्जरा, भूगोल खुल्ला (१२ नं.) तर्फ कमल कार्की, भूगोल खुल्ला (२० नं.) रवीन्द्र भट्टराई निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]