• असार १९, २०८१
  • जुनकिरी खबर

'उज्यालो इटहरी' अभियान सुरु

alt

इटहरी उपमहानगरपालिकाले 'उज्यालो इटहरी' अभियान सुरु गरेको छ । अभियान अन्तरगत उपमहानगरको विभिन्न चोक तथा मुख्य सडकहरू सँगै प्रत्येक पोलमा बत्ती जडान कार्य थालेको छ।

इटहरी वडा नं. १ को बजार तथा चोकहरूमा सडकबत्ती जडान गरी अभियान सुरु गरिएको हो । सबै वडालाई उज्यालो बनाउने अभियान अन्तरगत २० वटै वडाको प्रत्येक बिजुलीको पोलमा बत्ती बाल्ने अभियान सुरु गरेको हो ।

इटहरीलाई उज्यालो बनाउने कार्यक्रम अन्तर्गत सडक बत्ती जडान कार्य निरन्तर भइरहेको नगर प्रमुख हेमकर्ण पौडेलले बताए । 'उज्यालो इटहरी कार्यक्रम अन्तर्गत नै मुख्य चोकहरूमा मात्र नभई वडाहरूको प्रत्येक खाली पोलहरूमा सडक बत्ती जडान गरिरहेका छौँ' उनले भने, 'प्रविधियुक्त सडक बत्ती जडान गरिएकाले नगर उज्यालो हुँदै गएको छ।'

नगर प्रमुख पौडेलले उज्यालो इटहरी कार्यक्रमलाई निरन्तरता दिने समेत बताएका छन् । उपमहानगरपालिकाद्वारा जडान गरिएका सडकबत्ती रात पर्दा आफैँ बल्ने र उज्यालो हुँदा आफैँ बन्द हुने प्रविधिका छन् ।

विद्युत् विस्तार भएसँगै त्यहाँका स्थानीयवासी पनि खुसी भएका छन् । 'इटहरीको जङ्गल आसपास हात्ती आतङ्क र सहरमा चोरी बढ्दै गएको भन्दै अहिले सुरक्षाको हिसाबले पनि पोलै पिच्छे बत्ती जडानको काम हुदैछ', विद्युत् शाखाका प्रमुख उमेश चौधरीले भने । निरन्तर वडाहरूमा जडानको काम भइरहेको उनको भनाई छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]