• असार २०, २०८१
  • जुनकिरी खबर

इटहरीमा गगनले प्रधानमन्त्रीलाई भने ; राजीनामा दिनु !

alt

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको छन् । नेपाली काँग्रेस इटहरीको दोस्रो नगर सम्मेलन उद्घाटन गर्दै थापाले सरकार स्पष्ट अल्पमतमा पर्दा समेत प्रधानमन्त्री दाहालले राजीनामा दिन आलटाल गरिरहेको बताउनुभयो ।
 
दाहालले आज भोली नै राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने थापाको भनाई छ । प्रधानमन्त्री दाहालले राजीनामा दिन ढिलाइ गरेर जालझेलमा लाग्न थालेको भन्दै थापाले त्यसो नगर्न चेतावनी समेत दिनुभएको छन् ।
 
दाहालको पटक पटकको अस्थिरताको कारण सरकार परिवर्तनको अवस्था सृजना भएको प्रस्ट पार्दै राजीनामा दिएर अर्को सरकार बन्ने प्रक्रिया सुरु भएपछि दलको तर्फबाट सरकारको नेतृत्व कसले गर्ने भन्ने छलफल हुने थापाले बताउनुभयो ।
 
अब बन्ने सरकार विगतको जस्तो नभई जनताको हितमा काम गर्ने उदाहरणीय बन्नुपर्ने थापाको भनाई थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]