• असार २२, २०८१
  • जुनकिरी खबर

सञ्चारकर्मी सञ्चिता धमलालाई लछार पछार गरिएको घटनाको सर्वत्र बिरोध

alt

महिला सञ्चारकर्मी सञ्चिता धमलालाई प्रहरी बोलाएर घाइते हुने गरी लछार पछार गरिएको घटनाको सर्वत्र बिरोध भएको छ । घट्नालाई लिएर पत्रकारहरूका ४ वटा सङ्गठनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुण्ठित गर्ने प्रयास भएको ठहर गरेको छ ।

घटना लगत्तै शुक्रवार साँझ संयुक्त वक्तव्य जारी गर्दै सुनसरीका प्रेस चौतारी नेपाल अध्यक्ष सुभद्रा प्याकुरेल, नेपाल प्रेस युनियन सभापति ध्रुव ढकाल, प्रेस सेन्टर नेपालका तीर्थ कार्की, समाजवादी प्रेस सङ्गठनका कोशी प्रदेश सचिव भोला श्रेष्ठद्वारा जारी संयुक्त व्यक्तव्यमा उक्त कुरा उल्लेख छ ।

संविधानको धारा १८ (२) (क) मा प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रताको ग्यारेन्टी गरिएको उल्लेख गर्दै वक्तव्यमा भनिएको छ ‘नगर प्रमुख हर्कराज राईले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई कुण्ठित गरेको हाम्रो ठम्याई छ ।’

नगर प्रमुख राईको निर्देशनमा सत्य तथ्य नबुझी सञ्चारकर्मी सञ्जिता धमलामाथि नेपाल प्रहरीले गरेर हातपात गरेको घट्नामा धमलाको चस्मा फुटेको र शरीरको विभिन्न भागमा चोट पटक लागेको घट्नाको भर्त्सना गरिएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]