• असार २२, २०८१
  • जुनकिरी खबर

वराहक्षेत्रमा डा. तिम्सिनाको व्यापक खोजी

alt

समालोचक डा. राम्जी तिम्सिनाको फोनको अन्तिम लोकेसन क्षेत्र वराहक्षेत्रमा ‘व्यापक खोजी’ जारी छ । 

सुनसरीको वराहक्षेत्रमा जल समाधि लिँदै छु भन्ने प्रकृतिको चिर्कटो छाडेर बुधबार बिहानैबाट बेपत्ता भएका उनको फोनको अन्तिम लोकेसन वराहक्षेत्र मन्दिर क्षेत्र रहेको छ । उनको फोन बेपत्ता भएयतादेखि नै नियमित लागिरहेको छ । वराहक्षेत्र मन्दिर क्षेत्रमा अहिले उनको परिवार तथा आफन्तले पनि व्यापक खोजी गरिरहेको छ । त्यस्तै प्रहरी पनि खोजी कार्यमा लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी विपीन रेग्मीले जानकारी दिए । 

‘हाम्रोतर्फबाट पनि खोजी भइरहेको छ । परिवारको तर्फबाट पनि व्यापक खोजी भइरहेको छ । लोकेसन फाइन्डिङ भएको ठाउँमा खोजिरहेका छौँ’ उनले फोनसम्पर्कमा भने । 

उनका शुभचिन्तकहरूले उनी बेपत्ता भएकोमा चिन्ता व्यक्त गरेका छन् । 

उनलाई जान्ने जानकारहरूका अनुसार भने घरपरिवारमा बेमेल रहेको थियो । लामो समयदेखि नै बेमेल रहेका कारण उनी समस्यामा रहेको जानकारहरू बताउँछन् । भाषाविद् प्रा.डा. टङ्क न्यौपानेले पारिवारिक रूपमा त्यति धेरै राम्रो नभएको भन्ने विगतदेखि नै सुन्नमा आएको बताए । उनले जल समाधि लिनुपर्ने अवस्था के कारणले आएको हो भन्ने चाहिँ अहिलेसम्म खुल्न सकेको छैन । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]