• असार २५, २०८१
  • जुनकिरी खबर

कोशीमा डीआईजीमाथि नै तस्करी चलाएको आरोप 

alt

कोशी प्रदेशका सशस्त्र प्रहरी प्रमुख डीआईजी शम्भु सुवेदीमाथि नै तस्करीको लाइन चलाएको आरोप लागिरहेको छ। पछिल्लो समय कोशीका झापा, सुनसरी र मोरङमा तस्करी अचाक्ली बढेको छ। सशस्त्रको मिलेमतोमा गाईगोरु, मटर, चाइनिज स्याउ, सुपारीलगायत नेपालबाट भारततर्फ तस्करी हुने गरेको हो। भारतबाट धान, गहुँलगायतका खाद्यान्नका परिकार, किराना सामान, लत्ताकपडा, गाडीका पार्टपूर्जा, हार्डवेयरका सामानलागयत भन्सार छली गरेर नेपाल भित्राउने गरिएको छ।
 
सशस्त्रको कोशी प्रदेश प्रमुख हुँदा डीआईजी अन्जनीकुमार पोखरेलले संस्थागत रूपमा हुने तस्करी ठप्प पारेका थिए। तर, डीआईजी सुवेदी आएदेखि नेपाल–भारत सीमा क्षेत्रमा तस्करको चलखेल व्यापक बढेको छ।  लाइन चालु भएपछि वैशाखयता खुलेआम तस्करी भइरहेको छ। तर, सीमा सुरक्षा र तस्करी नियन्त्रणको मुख्य जिम्मेवारीमा रहेको सशस्त्र प्रहरी अनदेखा गरिरहेको छ। 

तस्करको समूहसँग लाभ लिएर लाइन चलाएको आरोप सुवेदीमाथि लागेको हो। यस विषयमा पटकपटक सार्वजनिक हिसाबले कुरा उठिरहेको छ। तस्करी नियन्त्रणको प्रयास भने भएको छैन। ‘तस्करी रोक्नुपर्ने निकाय नै अवैध धन्दा चलाउनेहरुसँग मिलिरहेको पाइन्छ। व्यापक मात्रामा रातारात तस्करी भइरहेको छ,’ सीमा क्षेत्रका एक जना वडाध्यक्ष भन्छन्, ‘रोक्नका लागि पटकपटक हामीले आग्रह गर्दा पनि बेवास्ता गरिन्छ। मिलेमतोमै काम भइरहेकाले कसैको केही नलाग्ने रहेछ।’ 

उनले सशस्त्र, भन्सार, राजस्व अनुसन्धानलगायतका निकायको ‘सेटिङ’मा तस्करीको धन्दा चल्दा राज्यको राजस्व संकलनमा असर परिरहेको बताए। यस विषयमा बुझ्न खोज्दा डीआईजी सुवेदी र सशस्त्रका प्रदेश प्रवक्ता एसएसपी मनिष थापा सम्पर्कमै आउन चाहेनन्। 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]