• साउन ३, २०८१
  • जुनकिरी खबर

कोशी प्रदेश सरकारबाट बाहिरिन माओवादीको आलटाल

alt

नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट बाहिरिन आलटाल गरिरहेको छ ।

नयाँ गठबन्धनले संघीय सरकार बनाइसकेको र अन्य प्रदेश सरकारमा पनि परिवर्तनको प्रक्रिया सुरु भइसके पनि माओवादीले कोशी प्रदेशबाट बाहिरिने छाँट देखाएको छैन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूहरूसँग राजीनामा नमागेको र आफ्नो पार्टीले पनि सरकारबाट बाहिरिन निर्देशन पनि नदिएको भन्दै माओवादी सरकारमा बासिरहेको हो ।

प्रदेश सरकार स्वायत्त भएको भन्दै माओवादी केन्द्र प्रदेश कमिटी सचिवसमेत रहनुभएका भौतिक पूर्वाधार विकासमन्त्री गणेश उप्रेतीले केन्द्रको राजनीतिको छाया प्रदेश सरकारमा पर्न नहुने तर्क गर्नुभयो । आफूहरूले नै बनाएको सरकार किन छाड्ने भन्दै मन्त्री उप्रेतीले घुमाउरो पारामा सरकार नछाड्ने संकेत गर्नुभयो ।

गत वैशाख २७ गते नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा एमाले र माओवादीको सरकार गठन भएको थियो । सरकार गठन भएको एक महिना नबित्दै केन्द्रीय सत्ता समीकरण फेरिएपछि माओवादी मन्त्रीहरू सत्ता लम्ब्याउने प्रयासमा लागेका हुन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]