• भदौ ९, २०७६
  • जुनकिरी खबर

सरकारी वकिल कार्यालय सुनसरीमा बयान दिँदादिँदै अभियुक्तको मृत्यु

alt

लागूपदार्थ ओसारपसार गरेको आरोपमा पक्राउ परी सरकारी वकिलको कार्यालयमा बयान दिँदादिँदै अचेत भएका एक अभियुक्तको मृत्यु भएको छ । सुनसरीको इनरुवास्थित सरकारी वकिलको कार्यालयमा बयान दिँदादिँदै आइतबार ३ बजे ५६ वर्षीय बनवारीलाल शर्मा अचेत भएका थिए ।

अचेत भएपछि उनलाई इनरुवा अस्पतालमा पुर्‍याइएको थियो । उनको थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको थियो । त्यहाँ उनलाई आईसीयूमा राख्नुपर्ने तयारी गर्दा गर्दै राती १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले एकसाता अघि इटहरीबाट कारमा आइरहेका बेला तीनकुने चेकपोष्टबाट शर्मा र कारचालक रुविन श्रेष्ठलाई २८ बोतल डाइलेक्स लागूपदार्थसहित पक्राउ गरेको थियो । शर्मा धरानमा सौन्दर्य सामग्रीको विक्रेता थिए ।

के कारणले शर्मा अचेत भए भन्ने रहस्य भने खुलेको छैन । पोष्टमार्टम रिपोर्ट आएपछि मात्र थाहा हुने धरानका डीएसपी ढुण्डीराज न्यौपानले बताए । शर्माको मृत्यु भएकाले उनको लागूपदार्थ सम्बन्धी मुद्दा खारेज हुने र कारचालक रुविन श्रेष्ठको भने थप प्रकृया बढ्ने प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]