• साउन ८, २०८१
  • जुनकिरी खबर

सामाजिक विकास मन्त्रालयका सचिवलाई कुटपिट गर्ने धम्की

alt

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई कुटपिट गर्ने धम्की दिएका छन् । हिजो साँझ ४ बजेर ५३ मिनेटमा फोन गर्दै निवर्तमान मुख्यमन्त्री कार्कीले कुटपिट गर्दै शौचालयमा थुन्ने धम्की दिएपछि भट्टराईले सुरक्षाको माग गरेका छन् । 
 
उनले जिल्ला प्रशासन कार्यालय मोरङ र कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा समक्ष सुरक्षाको माग राख्दै निवेदन दिएका हुन्। मुख्यमन्त्रीले नै कुटपिट गर्ने धम्की दिएपछि आफू असुरक्षित भएकाले सुरक्षाको माग राख्दै निवेदन दिएको बताए । 
 
उनले भने, पूर्व मुख्यमन्त्रीले फोन गरेर तँलाई चुट्दै शौचालयमा लगेर थुन्छु भन्नु भयो । मलाई असुरक्षा भयो मैले सुरक्षाको माग राख्दै निवेदन दिएको हुँ । 
 
विराटनगरमा सञ्चालन भएको विराट गोल्ड कपको पैसा मन्त्रालयले नदिएर असहयोग गरेको भन्दै आफूलाई धम्की दिएको सचिव भट्टराईले बताए । केदार कार्की मुख्यमन्त्री हुँदा विराटनगरमा भएको गोल्डकपका लागि दिने भनिएको रकम अर्थले सहमति नदिएपछि रोकिएको थियो । आफू मुख्यमन्त्री हुँदै अर्थले सहमति नदिएर रोकिएको बजेटको विषयमा फोन गरेर कुटपिट गर्ने धम्की आएको सचिव भट्टराईले बताए । 
 
मुख्यमन्त्रीसँगै कार्की अर्थ मन्त्री समेत थिए ।
 
सो बेला कानुनको अभावमा अर्थले रकम निकासाको सहमति दिएन । भट्टराईले भने ‘मैले के गरौँ भनेर पूर्व मुख्यमन्त्रीलाई बहालमा हुँदै सोधेको थिए । त्यति बेला केही निर्णय गरिदिनु भएन । अहिले आएर सोही बजेटका विषयमा आक्रमणको धम्की दिनु भयो । ’
 
सामाजिक विकास मन्त्रालयले विराट गोल्ड कप सँगै झापा गोल्ड कप र बुढासुब्बा गोल्डकपका लागि बजेट माग गरेको थियो । तर पुरानो रकम भुक्तानीमा अर्थले सहमति नदिँदा पुरानो भुक्तानी गर्न मन्त्रालयले सकेको थिएन । सोही विषयमा असहयोग गरेको भन्दै निवर्तमान मुख्यमन्त्री कार्कीले धम्की दिएका हुन् । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]