• साउन १२, २०८१
  • जुनकिरी खबर

भेडेटारमा सञ्चालनमा आयो स्काईवाक

alt

पर्यटकीय क्षेत्र भेडेटारमा निर्माण गरिएको स्काईवाक सञ्चालनमा आएको छ । कोसी प्रदेश लगानी प्राधिकरण, धनकुटाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको समन्वयमा निर्माण गरिएको स्काईवाक आजबाट सञ्चालनमा आएको हो । वन्डर्स एम्युजमेन्ट पार्क एन्ड अट्रयाक्सन्स प्रालीको २० करोड रुपैयाँको लगानीमा निर्माण गरिएको स्काईवाकको कोसी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले उद्घाटन गरेका छन् ॥

धनकुटा र सुनसरीको सीमा स्थलमा रहेको भेडेटार आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको केन्द्र मानिन्छ । स्काईवाक सञ्चालनबाट त्यस स्थानको थप आकर्षण बढ्ने परियोजनाका कार्यकारी निर्देशक सञ्जीव रोक्काले जानकारी दिए । परियोजना सञ्चालनका लागी कोसी प्रदेश लगानी प्राधिकरणले २५ वर्षका लागि अनुमति दिएको जनाइएको छ ।

५० मिटर लम्बाइ रहेको स्काईवाक क्यान्टलिभिर टावरको मोडलमा निर्माण भएको परियोजना निर्देशक रोक्काले बताए । एक पटकमा दुई सय जना हिँड्न सकिने उक्त स्काईवाकको उचाइ १ सय, चौडाइ ४ मिटर र घुम्तीमा १० मिटरको रहेको छ । चार बर्स अघि कोसी प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईको पालामा सम्झौता भई उक्त स्काइवाक निर्माण थालिएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]