• साउन १६, २०८१
  • जुनकिरी खबर

अनशन बस्ने केदार कार्कीको चेतावनी

alt

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले जनताको कुरा उठाउन सङ्घर्ष गर्ने बताएका छन् । विराटनगरमा पत्रकार सम्मेलन गर्दे पूर्व मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकारले ल्याएका योजनाहरू जनताको पक्षमा रहेको र ती योजना कटौती भएकाले जनताको पक्षमा लोकतान्त्रिक विधि अनुसार सङ्घर्ष गर्ने बताए ।

उनले आफू नेतृत्वको सरकारले ल्याएको १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचारको योजना काटिएकोमा रोष प्रकट गरे । यस्तै जसको जङ्गल उसको मङ्गल जनवार मैत्री जङ्गल, महिला स्वास्थ्य सेवीकालाई प्रोत्साहन कार्यक्रम, केशलीया कोरिडोर निर्माणको योजना यो सरकारले काटेको भन्दै आफू जस्तो सुकै सङ्घर्षमा उत्रने बताए ।

कस्तो सङ्घर्ष भन्ने पत्रकारको जिज्ञासामा  उनले अनसन सम्मको पनि हुन सक्ने बताए । पूर्व मुख्यमन्त्री कार्कीले आफै नेतृत्वको सरकारले शैले जा आचार्य ह्दय रोग केन्द्र सञ्चालन, विभिन्न विद्यार्थीलाई छात्रावृती, सुकुम्वासीलाई जग्गा खरिद अनुदान कार्यक्रम यो सरकारले निरन्तरता गर्नु पर्ने बताए । 

उनले यो सरकारले ल्याएको बजेट सेटिङ्गका आधारमा ल्याएको आरोप लगाए । पूर्व मुख्यमन्त्री कार्कीले प्रदेश सरकारमा काङ्ग्रेस पनि छ उसैको विरुद्धमा सङ्घर्षमा उत्रने भन्ने जिज्ञासा आफू जनताको पक्षमा सङ्घर्षमा उत्रने बताए । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]