• साउन १७, २०८१
  • जुनकिरी खबर

इटहरीको बजेटले एमालेमा भाँडभैलो

alt

नवौँ अधिवेशनपछि नयाँ नेतृत्व पाएको एमाले इटहरी नगर कमिटी आन्तरिक कलहमा रुमलिएको छ । इटहरी उपमहानगरपालिकाको बजेट नीति तथा कार्यक्रमको विषयलाई लिएर एमाले भित्रको विवाद टोल कमिटी सम्म नै चुलिएको हो ।
 
इटहरी उपमहानगरपालिकाले असार १० गते पेस गरेको बजेट परिमार्जन सहित पारित गर्नुपर्ने उपमेयर सङ्गीता चौधरी सहित एमाले नगर कमिटीको अडान विपरीत असार मसान्तमा बजेट पास भयो । ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट पेस गरेको इटहरी उपमहानगरपालिकाले ९६ करोड आन्तरिक आय प्रक्षेपण गरिएको छ । 
आन्तरिक आयको लक्ष्य घटाउनुपर्ने र बजेटको आकार संशोधन गर्नुपर्ने उपमेयरको अडान कायमै रहे पनि एमालेका अधिकांश वडा अध्यक्ष र बहुमत नगर सभा सदस्यले समर्थन गरेपछि बजेट पास भएको हो । ७ बुँदे सहमति भएपछि बजेट पास गर्न एमालेका जनप्रतिनिधि तयार भएका थिए । तथापि सहमति अनुसार बजेट परिमार्जन नहुने भएपछि समस्या चुलिएको हो ।
 
सोही विषयलाई लिएर एमाले आन्तरिक कलहमा रुमलिएको छ । केन्द्रीय सदस्यहरू तयब हुसैन र जगदीश प्रसाद कुसियैतले हस्तक्षेप गरेर नगर कमिटीको निर्णय विपरीत बजेट पास गर्न लगाएको आरोप छ । केन्द्रीय नेताहरू समेत प्रलोभनमा परेको भन्दै नगर कमिटीले छानबिनको लागि समिति गठन गरेको हो ।
 
साउन २ गते सचिव मदन कार्कीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन भयो । लोचन पौडेल, अवद्धेश चौधरी, बलबहादुर मगर र अनिता निरौला सदस्य रहेको समितिको आमन्त्रित सदस्यमा अधिवक्ता भीम सुवेदी (सागर) छन् । समितिले पहिलो चरणको छानबिन सकिसकेको संयोजक कार्कीले बताए । प्रतिवेदन तयार हुने क्रममा रहेको बताउँदै उनले सत्य तथ्य पत्ता लगाएर नगर कमिटी मार्फत माथिल्लो कमिटीलाई बुझाउने जानकारी दिए ।
 
उता इटहरीबाट प्रतिनिधित्व गर्ने केन्द्र र जिल्ला स्तरका नेताहरू महासचिव शङ्कर पोखरेल समक्ष पोल लगाउन पुगेका छन् । एकतर्फ उपमेयर तथा नगर कमिटीको पक्ष र अर्कातर्फ बजेट पारित गराउन सहयोग गर्ने पक्षबिच पोल लगाउने प्रतिस्पर्धा नै भएको छ । 
 
उपमेयर सङ्गीता चौधरी सहित केन्द्रीय सदस्य तथा इटहरी इन्चार्ज भगवती चौधरी र अर्की केन्द्रीय सदस्य अमृता सुब्बा सहित जिल्ला उपसचिव यामकुमार सुब्बा, नगर अध्यक्ष रुपेश बस्नेतको टोलीले पहिलो पटक महासचिवलाई भेट गरेको हो । सोही टोलीमा रहेका कार्यपालिका सदस्य प्रमोद शेर्पा, वडा नम्बर १०, ३, ७ र १५ का वडा अध्यक्षहरूले महासचिवलाई भेटेर बजेटको विषयमा ध्यान आकर्षण गराएका हुन ।
 
केन्द्रीय सदस्य द्वय हुसैन र कुसियैतले हस्तक्षेप नै गरेर आधिकारिक निर्णय विपरीत बजेट पारित गर्न सहयोग गरेको उनीहरूले महासचिवलाई जानकारी गराए । उक्त टोली पुगेको जानकारी पाएपछि बजेट पारित गर्न भूमिका निर्वाह गर्ने नेताहरू समेत महासचिवलाई भेट्न पुगे । 
 
फोटोमा महासचिवको छेवैमा बसेर संवाद गरेको देखिने केन्द्रीय सदस्य लक्ष्मी गौतमले आफू अर्कै काममा गएको बेला भेट भएको बताइन् । तर त्यो संयोग मात्र नभएर योजना अनुसारै भएको भेटघाटमै रहेको अर्का सदस्यले बताए । गौतम सहित केन्द्रीय सदस्यहरू तयब हुसैन र जगदीश कुसियैत पनि भेटमा पुगेका थिए । सुनसरीका पूर्व अध्यक्ष रेवतिरमण भण्डारी सहित वडाध्यक्षहरू तेजनारायण चौधरी, माधव कोइराला, प्रभाव आचार्य, जितेन्द्र थापा, भक्त लामा लगायतले भेटघाट गरेका हुन् । उनीहरू सँगै गएका अन्य युवा नेताहरू भने बाहिरै बसेका थिए ।  
 
केन्द्रीय सदस्य गौतमले महासचिव सँग पालिका इन्चार्जको एकबर्षे कार्यकालको रिपोर्ट बुझाउन आएको बेला इटहरीको विषयमा छलफल भएको बताइन् । उपमेयरले आफ्नो अधिकार प्रयोग गर्न नपाउने विषयमा आफूले ध्यान आकर्षण गराएको बताउँदै उनले मङ्गलवार पुनः सुनसरी इन्चार्ज शेरधन राईसँग दुवै पक्षका साथीहरू बिच छलफल भएको प्रस्ट पारिन् । 
 
महासचिव पोखरेलले स्थायी कमिटी सदस्य तथा सुनसरी इन्चार्ज राई मार्फत समस्या समाधान गर्न आग्रह गरेका थिए । दुवै पक्षको कुरा सुनेपछि पोखरेलले राई मार्फत समस्या समाधान गर्ने बाटो खुलाएका हुन् । सोही क्रममा वडाध्यक्ष सहित सुनसरीका केन्द्रीय सदस्यहरू, जिल्लाका पदाधिकारी तथा नगरका पदाधिकारी सँग राईले मङ्गलवार छलफल गरेका हुन् । स्थानीय स्तरमा वार्ता र संवादको मार्फतबाट मिलेर अगाडी बढ्न राईले निर्देशन दिएका छन् । 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]