• साउन १७, २०८१
  • जुनकिरी खबर

सुनसरीमा नाबालिका अपहरण गर्ने तीन जना पक्राउ

alt

प्रहरीले ६ वर्षीया नाबालिका अपहरण कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । बालिकाको उद्धार गरिएको छ । सुनसरीको दुहवी नगरपालिकास्थित मामा घरको आँगनमा खेलिरहेकी बालिकालाई अपहरण गर्ने मोरङ विराटनगर महानगरपालिका ६ बस्ने ५० वर्षीय सञ्जय पासवान, कटहरी गाउँपालिका ६ घर भई विराटनगर १० बस्ने ५० वर्षीय कलानन्द पासवान र ४० वर्षीया सरिता पासवानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सुरुमा ती बालिकालाई सञ्जयले मंगलबार जबर्जस्ती उठाएर लगेको प्रहरीको दाबी छ । लगत्तै परिवारले खोजतलास गरी पाउँ भन्दै इलाका प्रहरी कार्यालय दुहवीमा निवेदन दिएका थिए ।

बालिकाको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ/सुनसरी र इलाका प्रहरी कार्यालय दुहवीबाट संयुक्त रूपमा खटिएको प्रहरी अधिकृतको टोलीले बुधबार उद्धार गरेको हो । बालिकालाई विराटनगर १० स्थित कलानन्द र सरिताको डेरामा बन्धक बनाइराखेको अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई सुनसरी जिल्ला अदालतबाट बिहीबार पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]