• साउन २०, २०८१
  • जुनकिरी खबर

इटहरी उपमहानगरको १६ लाख बढीका डस्टबिन कता हराए ?

alt

२०७९ सालको अन्त्यसम्म इटहरीको मुख्य चोक आसपास देखिने ठुलो खालका निलो रङ्गका डस्टबिन अहिले बेपत्ता भएका छन् । फोहोरमैला व्यवस्थापनमा फरक प्रविधि अपनाउने भन्दै इटहरी उपमहानगरपालिकाले किनेका डस्टबिनलाई पूर्ण प्रयोगमा ल्याउन सकेन ।

मुख्य बजार क्षेत्रमा राखिएका ठुला डस्टबिन उचाल्न धेरै जनशक्ति चाहीने भएपछि प्रयोगमा नआएको बताइएको छ । डस्टबिन उचाल्न र राख्न मेसिनै चाहीने हुँदा काममा ल्याउन नसकेर थन्क्याउनु परेको वातावरण शाखाका प्रमुख पुष्प नारायण चौधरी बताउँछन् । ७२ वटा डस्टबिन त्यस बेला २३ हजार रुपैयाँका दरले किनेको उनको भनाइ छ ।

सोही हिसाबबाट १६ लाख ५६ हजार रुपैयाँको लगानी डुबेको हो । त्यस अगाडी फलामको ह्याङ्गर भित्र प्लास्टिकको डस्टबिन राखे पनि हाल त्यसको निशाना भेटिँदैन । उता बिर्को सहितका साना डस्टबिनको भने बिर्को मात्र सडकमा देखिने गरेका छन् ।

शाखा प्रमुख चौधरी पालिकाले टोल विकाससँग मिलेर भित्री बजार क्षेत्रमा डस्टबिन राखिरहेको छ । हाल फोहोरमैला व्यवस्थापनमा निजी कम्पनीले नै प्रभावकारी काम गरिरहेको उनले बताए ।

ठुला र साना प्लास्टिकका डस्टबिन प्रयोगमा नआएपछि बिजुलीको पोलमा डोको राख्ने अभियान सुरु भयो । पर्यावरणमैत्री फोहोर सङ्कलन गर्ने उद्देश्यले २०७८ सालमा राखिएका डोकाहरू फोहोर भरिन नपाउँदै भत्किए । फोहोरमैला व्यवस्थापनमा अनेकन् प्रयास गरेको उपमहानगरपालिकाको मुख्य बजारमा अहिले भने डस्टबिन राखेको छैन । डस्टबिनमा मात्रै लाखौँ खर्च गरिसकेको उपमहानगरपालिका अन्ततः मुख्य बजार क्षेत्रमा डस्टबिन नराख्ने अवस्थामा पुगेको हो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]