• साउन २२, २०८१
  • जुनकिरी खबर

इटहरी उपमहानगर किन्यो ४ वटा विद्युतीय बस

alt

इटहरी उपमहानगरपालिकाले अब सहुलियत बस सेवा सुरु गर्ने भएको छ । नगरले खरिद गरेका चार वटा बस मंगलबार इटहरी ल्याइएको छ । इटहरी नगरभरि सहज र सरल रूपमा यातायातको सेवा पुर्‍याउन विद्युतीय नगर बस सञ्चालनमा ल्याउन लागेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।

असोज १ गतेबाट इटहरीमा नगर बस सन्चालनमा ल्याउने प्रमुख पौडेलले जानकारी दिए । ‘चार वटा बसले इटहरीको ४ वटै क्षेत्रलाई कभर गर्ने हिसाबले रुट तय गर्ने गरी काम भइरहेको छ,’ नगरप्रमुख पौडेलले भने, 'जनतालाई सहुलियतमा यो सेवा दिन लागिएको हो ।'

बसमा जीपीएस जडान गरी सूचनामैत्री बनाइने छ । बसमा सीसी क्यामेरा लगायतका थुप्रै सुविधा छन् ।

नगर बस सञ्चालनका लागि कार्यपालिका बैठकमार्फत वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोख्रेलको संयोजकत्वमा समिति बनाएर काम भइरहेको प्रमुख पौडेलले बताए । समितिले रुट निर्धारण गरेपछि सोहीअनुसार बस चलाइने छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]