• साउन २३, २०८१
  • जुनकिरी खबर

विश्व आदिवासी दिवसको अवसरमा इटहरीमा सांस्कृतिक कार्यक्रम

alt

३० औँ विश्व आदिवासी दिवसको अवसरमा शुक्रबार इटहरीमा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । दिवसको अवसरमा इटहरीमा बृहत झाँकी ¥यालीसहित तायारिप्ची भवनमा सांस्कृतिक कार्यक्रम गरिने बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । आगामी शुक्रबार (साउन २५ गते) दिवसरको अवसरमा इटहरीको संगीत चौकमा भेला भई ¥याली निकालेर नगर परीक्रमा गरी तायारिप्ची भवनमा पुगेर सांस्कृति कार्यक्रम आयोजना गरिने आयोजक नेपाल आदिवासी जनजाति महासंघ इटहरीका अध्यक्ष चिरहाङ राईले बताए ।

महासंघमा आवद्ध रहेका १६ वटा जातजातिका आ–आफ्ना भेषभूषाका झाँकी प्रदर्शन गरिने उनले बताए । कार्यक्रमका संयोजक तथा महासंघका उपाध्यक्ष रोशन भुजेलले आदिवासीको भाषा, संस्कृतिलाई नेपाल सरकारले संरक्षण गर्न आवश्यक रहेको बताए ।

संविधानमा भनेअनुरूप सबैको मातृभाषा नेपाली भाषा हुने भएपनि सरकारी कामकाजको भाषामा भने अझै समस्या भइरहेकाले पनि सरकारी कामकाजमा मातृभाषा प्रयोग गर्न उनको माग छ । महासंघका सचिव टार्जन सुनुवारका अनुसार इटहरीका २० वटै वडाका आदिवासीहरूको सहभागितामा उक्त कार्यक्रम आयोजना हुनेछ । साथै उक्त कार्यक्रममा गायक किरण भुजेलको विशेष प्रस्तुतिसमेत रहने उनले बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]