• साउन २८, २०८१
  • जुनकिरी खबर

कोशीमा कांग्रेस फकाउन मन्त्रालय फुटाउने गृहकार्य

alt

सरकारमा सहभागी हुने निर्णय गरे पनि आन्तरिक विवादमा फसेको नेपाली कांग्रेसलाई फकाउन कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालय विभाजन गर्ने तयारी गरेका छन् ।

दुई पार्टीले ४–४ मन्त्रालय लिने सहमति भए पनि आन्तरिक बाँडफाँटमा सहमति नजुटेका कारण कांग्रेस सरकारमा सहभागी भएको छैन । चार वटा मन्त्रालय पाएको कांग्रेस संस्थापन पक्षले २ वटा राखेर डा. शेखर कोइराला र कृष्णप्रसाद सिटौला पक्षले १–१ दिने तयारी गरेको थियो । तर कोइरालाले दुई वटा मन्त्रालय मागेपछि कांग्रेसमा सहमति जुटेको छैन ।

आन्तरिक सहमति नजुटेपछि शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर मन्त्रालय विभाजन गर्न आग्रह गरेको स्रोतले बताएको छ ।

मन्त्रालय विभाजन गर्ने तयारी भएका कारण कांग्रसले मन्त्रीको नाम नपठाएको स्रोतको दाबी छ । ‘उहाँहरूबीच कुरा भएको भन्ने छ, मुख्यमन्त्रीले गृहकार्य गरिरहनु भएको छ,’ कांग्रेसका एक सांसदले भने, ‘कांग्रेसलाई भाग पुर्‍याउँदा उहाँले पनि एक मन्त्री थप्न पाउनुहुन्छ ।’

प्रदेशमा हाल ९ वटा मन्त्रालय छन् । थप गरेर ११ बनाउने तयारी छ । ‘हिजोको सहमतिमा मुख्यमन्त्री बाहेक ४–४ मन्त्रालय लिने सहमति हो, अहिले थप गरेर ११ बनाउँदा ५–५ हुन्छ,’ स्रोतले भन्यो, ‘सरकारमा सहभागी हुनका लागि चाहिँ भदौ लाग्ला ।’

आइतबार पत्रकार सम्मेलनमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालय विभाजन गर्नेगरी कार्यबोझ नबढेको बताएका थिए ।

विभाजनका लागि माथिबाट औपचारिक निर्णय वा निर्देशन पनि नआएको उनको भनाइ थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]