• भदौ २, २०८१
  • जुनकिरी खबर

इटहरीमा जारी ग्रासरुट क्याम्प ५३ औँ हप्तामा

alt

बिद्यालयस्तर देखिनै खेलाडी उत्पादन गर्ने उदेश्वले इटहरीमा जारी ग्रासरुट क्याम्पका सहभागी खेलाडीहरूलाई जनता मावि इटहरीबाट २०४३ सालमा एसएलसी दिएका पूर्व बिद्यार्थीहरुको समूहले निःशुल्क खाजा वितरण सुरु गरेको छ । 
 
इटहरी रङ्गशालामा शनिवार बिहान एक कार्यक्रमका बिच जनता स्कुलबाट २०४३ सालमा एसएलसी दिएका पूर्व बिद्यार्थीहरुले ६ हप्ताको लागि नास्ता व्यवस्थापन गरेका हुन । राष्ट्रिय जागृति क्लब सहित इटहरी फुटबल क्लब र द ब्वाइज क्लबले सञ्चालन गर्दै आएको ग्रासरुट कार्यक्रममा सहभागी खेलाडीहरूलाई अबको ६ हप्तासम्म नास्ताको व्यवस्था गरिएको हो ।
 
सहभागी खेलाडीहरूलाई स्वर्गीय सुरेश राई र स्वर्गीय कुन्दन देवानको सम्झनामा खाजाको व्यवस्था गरिएको जनता मावि २०४३ साल एसएलसी ब्याजी समूहका पूर्व विद्यार्थी रोहित प्रसाईँले बताए । इटहरीका फुटबल प्रेमी तथा फुटबलकर्मी केशव कार्की, अनुरोध थापा, प्रकाश कोइराला लगायतको आग्रहमा आफूहरूले खेलाडीहरूको क्षमता अभिबृद्धीको लागि खाजाको प्रबन्ध सुरु गरेको प्रसाईँले जानकारी दिए । अखिल नेपाल फूट्बल संघ एन्फाले ५ वर्षअघि सुरु गरेको फुटबलको आधारभूत तह मानिने ग्रास रुट अहिले इटहरीका यी क्लबहरूले सञ्चालन गरिरहेका छन् ।
 
एन्फाको आर्थिक सहयोग रोकिएपछि इटहरीका यी क्लबहरूले सुरु गरेको ग्रासरुट कार्यक्रमले शनिवार ५३ औँ हप्ता पार गरेको राष्ट्रिय जागृति क्लबका अध्यक्ष सन्तबहादुर डुम जनले जानकारी दिए । इटहरीमा ५३ हप्ता देखी चलेको ग्रासरुट फुटबल क्याम्पमा सुनसरी र मोरङका २ सय बढी बालबालिका सहभागी छन् । प्रत्येक दिन बुधवार देखि शुक्रवार बेलुका साढे ४ बजे देखी साढे ६ सम्म र शनिवार बिहान साढे ६ देखी साढे ८ बजे सम्म सञ्चालन हुने कार्यक्रममा सहभागी बालबालिकाहरूलाई फुटबलका आधारभूत सीपहरू सिकाइने मुख्य प्रशिक्षक एवंम राष्ट्रिय महिला टिमका सहायक प्रशिक्षक श्याम मानन्धरले जानकारी दिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]