• भदौ ६, २०८१
  • जुनकिरी खबर

इटहरीमा कृष्ण जन्माष्टमी भव्य रूपमा मनाउने

alt

इटहरीमा पनि कृष्ण जन्माष्टमी भव्य रूपमा मनाउने भएको छ । नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावना मृत सङ्घ इस्कोनको आयोजनामा भदौ ८ ,९ र १० गते कृष्ण जन्माष्टमी मनाउने भएको हो । इस्कोनको भवनमा बिहिबार पत्रकार सम्मेलन गरी विगत वर्षमा झैँ यस बर्षपनि श्रीकृष्ण जन्माष्टमीको अवसरमा वैदिक ग्रन्थ प्रदर्शनी तथा भाद्र १० गते श्रीकृष्ण जन्माष्टमी महा महोत्सवको आयोजना गरिने जानकारी दिइएको छ ।

१५ हजार भक्तजनको उपस्थितिमा श्रीकृष्ण जन्माष्टमी महोत्सव कार्यक्रममा कृष्ण कथा, कीर्तन, आरती, दीप अर्पन, भगवान् स्नान कार्यक्रम गरिने बताइएको छ ।साथै इटहरीका विभिन्न कलेज तथा विद्यालयका लगभग ३ हजार विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उपस्थितिमा ग्रन्थ तथा चित्रकला प्रदर्शनी समेत हुने इस्कोन इटहरीका अध्यक्ष ललित माधव दासले जानकारी दिनुभयो ।

कार्यक्रम अवधि भर हरिनाम सङ्कीर्तन , प्रवचन नाट्य प्रस्तुति र प्रसाद ग्रहण समेत हुनेछ । विगत ६ वर्षदेखि इस्कोन इटहरी प्रचार केन्द्रले वैदिक सनातन धर्मको प्रमुख ग्रन्थ श्रीमद्भागवत र श्रीमद्भागवतमाको प्रचार–प्रसार ग्रन्थको वितरण तथा भगवद्गीताको व्यवस्थित रूपमा शिक्षा प्रदान गदै आएको छ ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]