• भदौ ११, २०८१
  • जुनकिरी खबर

धरानमा बालिकाको खुकुरी प्रहार गरेर हत्या

alt

धरानमा एक बालिकाको हत्या भएको छ भने उनीकी आमा गम्भीर घाइते भएकी छन् । मङ्गलवार दिउसो १४ वर्षीय बालिकाको खुकुरी प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ । उनीहरूलाई संखुवासभा खाँदवारिका बबिन बरालले अन्धाधुन्ध खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
 
खुकुरी प्रहारबाट आमा सृजना राई र उनकी १४ वर्षीय छोरी गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उपचारको क्रममा छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकाकी आमा ३७ वर्षीय सृजनाको उपचार सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 
छुरा प्रहार गर्ने ३३ वर्षीय बराललाई इलाका प्रहरी कार्यालय धरानको टोलीले पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नबिन कृष्ण भण्डारीले जानकारी दिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]