• भदौ १०, २०७६
  • जुनकिरी खबर

प्रदेश–१ सरकारलाई कर्मचारी नियुक्ति गर्ने बाटो खुल्यो

alt

प्रदेश नम्बर–१ सरकारलाई प्रदेश लोकसेवामार्फत् आवश्यक कर्मचारी नियुक्ति गर्ने बाटो खुलेको छ ।

मंगलबार प्रदेशसभाबाट प्रदेश लोकसेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ परित भएसँगै आवश्यक कर्मचारी नियुक्ति गर्ने बाटो प्रदेश सरकारलाई खुलेको हो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेशसभामा पेस गरेको विधेयक मंगलबार प्रदेशसभाको बैठकले बहुमतले पारित गरेको छ । तीन हजार ८०० कर्मचारीको दरबन्दी रहेको प्रदेश–१ मा दुई हजार ४०० कर्मचारी रहेका छन् ।

अब प्रदेश सरकारले लोकसेवामार्फत् आवश्यक कर्मचारी नियुक्ति गर्नसक्ने छ । प्रदेश–१ का प्रमुखसचिव सुरेश अधिकारीले तल्लो तहका कर्मचारीभन्दा सचिव, उपसचिवलगायत माथिल्लो तहका कर्मचारीको अभाव बढी हुँदा मन्त्रालयहरुमा दैनिक प्रशासनिक कामसमेत प्रभावित हुँदै आएको जानकारी दिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]