• भदौ १२, २०८१
  • जुनकिरी खबर

आमसञ्चार र समावेशी पत्रकारिता पुस्तकको इटहरीमा विमर्श

alt

पत्रकार तारामणि सापकोटाको अनुसन्धानमूलक पुस्तक ‘आमसञ्चार र समावेशी पत्रकारिता’को विमर्श भएको छ । बुधबार इटहरीमा बागियान साहित्यिक पत्रिकाले पुस्तकको विमर्श कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा वक्ताहरूले टिप्पणी गरेका थिए ।

वक्ता तथा उपप्राध्यापक राजेश विद्रोहीले पुस्तकमा पत्रकारितामा समावेशीको दृष्टिबाट कस्तो देखिन्छ भन्ने थाहा पाउन सकिने बताए । तथ्यांक संकलन र व्याख्या विश्लेष्णमा मिहिनेत गरिएको छ । समता र समानतामा के फरक पर्छ भन्नेबारे यो पुस्तकले बहसको उठान गरेको छ,’ उनले भने, ‘पत्रकारले पुरस्कार पाउँदा पनि राज्यबाटै विभेद हुने गरेको कुरासँगै पत्रकारिताले समावेशी सिद्वान्तलाई आत्मसाथ गर्नुपर्ने कुरा पुस्तकमा छ ।’

खासगरी आम पत्रकारिता जगतले राज्यलाई संविधानको मर्मलाई आत्मसाथ गर्न दबाब दिनुपर्ने उनले बताए । ‘मातृभाषालाई संरक्षण गर्ने सरकारको दायित्व भएपनि खास काम भने भएको छैन,’ विद्रोहीले भने, ‘यसरी हरेक क्षेत्रमा उत्पीडित वर्ग पछाडि परेका छन् । तिनै उत्पीडित वर्गले समानतामूलक हिसाबमा हरेक क्षेत्रमा प्रतिनिधित्व हुनुपर्ने कुरा पुस्तकमा छ ।’

पुस्तकले पत्रकारिता क्षेत्रमा महिला, आदिवासी जनजाती, मुस्लिम, दलित तथा उत्पीडित वर्गको सहभागिता कहाँ, कति छ भन्नेबारे तथ्यांकगत रूपमा व्याख्या गरिएको पुस्तकका लेखक सापकोटाले बताए । समावेशीताको पक्षमा वकालत गर्नेहरूले पुस्तक पढ्नुपर्ने उनको भनाइ छ ।

‘राज्यसत्ताबाट बञ्चित भइरहेकाहरूलाई प्रतिनिधित्व गराएजस्तो गर्ने तर देखावटी मात्रै भएको छ,’ उनले भने, ‘पत्रकारिता जगतले समावेशीताको कुरा उठान गरेपनि पत्रकारिताभित्रै समावेशीता कार्यान्वयन भएको छैन ।’

 

उनले पत्रकारितासँगै राज्यका विभिन्न तहमा समावेशीता नभएको सुनाए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]