• भदौ १३, २०८१
  • जुनकिरी खबर

वराहक्षेत्रमा पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण

alt

सुनसरीको वराहक्षेत्र नगरपालिकाले ज्येष्ठ नागरिक, शारीरिक असक्तता र अपाङ्गता भएका नागरिकलाई केन्द्रित गरेर राष्ट्रिय परिचयपत्र वितरण गरिरहेको छ । सामाजिक सुरक्षा भत्ता लिनको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य र नेपाल सरकारले राष्ट्रिय परिचय पत्र नम्बरलाई अनिवार्य गर्न थालेपछि नगरपालिकाले ज्येष्ठ नागरिक, शारीरिक असक्तता र अपाङ्गता भएका नागरिकसँगै नगरवासीहरूलाई राष्ट्रिय परिचय पत्र विवरण अनलाइन भर्ने र नम्बर वितरण गर्ने शिविर सञ्चालन गरेको हो ।

नगरपालिकाले राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग र जिल्ला प्रशासन कार्यालय सुनसरीसँग समन्वय गरेर गएको असार १६ गतेदेखि शिविर सञ्चालन ल्याएको थियो ।

सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य गर्न नीति लिएको र नगरपालिकाले नगरवासीलाई सहज तथा सरल रूपमा राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्ने र नम्बर प्रदान गर्ने योजना बनाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवालले जानकारी दिए ।

असार १६ गतेदेखि सुरु भएको राष्ट्रिय परिचय पत्र वितरण शिविरमा हालसम्म २ हजार ९ सय ९० जनाले सेवा लिइसकेका छन् । जम्मा महिला १ हजार ६ सय ४६ जना र पुरुष १ हजार ३ सय ४४ जनाले परिचय पत्र नम्बर प्राप्त गरेका छन् ।

शिविर भाद्र मसान्तसम्म सञ्चालन हुने भएकाले सेवा लिन नगरवासीहरूलाई प्रमुख प्रशासकीय अधिकृत कटुवालले आग्रह समेत गरेका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]