• भदौ २३, २०८१
  • जुनकिरी खबर

बंगुरमा स्वाइन फिभर फैलिएपछि सुनसरीका किसान चिन्तित

alt

सुनसरीका किसानले पालेको बङ्गुरमा स्वाइन फिवरको प्रकोप देखिएको छ । बंगुर पालनको लागि प्रसिद्ध मानिएको सुनसरीमा किसानले पालेको बङ्गुरमा स्वाइन फिवरको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् ।

अघिल्लो आर्थिक वर्षमा पनि सुनसरीको धरानमा मात्र किसानले ३० करोड बराबरको क्षति ब्योहोर्नुपरेको थियो । बङ्गुरमा लाग्ने अफ्रिकन स्वाईनफिवरको प्रकोपले किसानले पालेको बंगुर मर्दा त्यो बेला ३० करोड बराबरको नोक्सानी भएको थियो ।

यो वर्ष अफ्रिकन स्वाइन फीवरको प्रकोप नभएर फिबर मात्र भएकाले अहिलेसम्म ठुलो नोक्सानी नभएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख कुमारसिंह खत्रीले बताउनुभयो ।

विगतमा जस्तो यो वर्ष स्वाइन फिबर प्रकोप नियन्त्रण बाहिर जान सक्ने अवस्था नभएकाले आत्तिनुपर्ने अवस्था रहेको बताइएको छ । सुनसरीको धरान, इटहरी, रामधुनी, वराहक्षेत्र, दुहबी लगायतका स्थानीय तह बङ्गुर पालनको लागि प्रसिद्ध मानिन्छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]