• भदौ २५, २०८१
  • जुनकिरी खबर

पूर्व मुख्यमन्त्री केदार कार्कीले सुरु गरे अनसन

alt

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले अनशन सुरु गरेका छन् ।  उनले आफू मुख्यमन्त्री हुँदा सुरु गरेका योजनाहरू कटौती गरेको भन्दै आजबाट अनशन सुरु गरेका हुन् ।

उनी प्रदेश सभा अगाडि बनस्खण्डी मन्दिर अगाडि अनशन सुरु गरेका हुन् । यस अघि उनले प्रदेश सभा अगाडि अनशन बस्ने बताएका थिए । पूर्व मुख्यमन्त्री कार्की अनशन बस्ने घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा जारी भएपछि उनले निषेधित क्षेत्र भन्दा बाहिर अनशन सुरु गरेका हुन् । 

पूर्व मुख्यमन्त्री कार्कीले  कटौती गरेको भनिएका अधिकांश कार्यक्रम भने यस वर्ष पनि प्रदेश सरकारले सञ्चालन गर्ने गरी बजेट विनियोजन गरेको छ । 

यो वर्ष उनी नेतृत्वको सरकारले भन्दा बढी बजेट हालिएका कार्यक्रममा समेत पूर्व मुख्यमन्त्री कार्कीले कार्यक्रम कटौती गरेको दाबी गरिरहेका छन् । 

पूर्व मुख्यमन्त्री कार्कीले दश वर्ष मुनिका बालबालिकाकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम कटौती गरिएको दाबी गरेका छन् । 

उनले प्रदेश सरकरले ल्याउने बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति भए पनि २५ लाख रुपैयाँ भन्दा कमका योजनाहरू पनि हालेको भन्दै सच्याउन माग गरेका छन् । उनले शैलजा आचार्य हृदय रोग उपचार केन्द्रको सञ्चालन गर्न बजेट नहालेको दाबी गरेका छन् । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]