• भदौ ३१, २०८१
  • जुनकिरी खबर

इटहरीमा असोज २ देखि नगर बस चल्ने

alt

गाउँदेखि बजारलाई जोड्ने उद्देश्य सहित इटहरी उपमहानगरपालिकाले नगर बसको सेवा सुरु गर्ने भएको छ । असोज २ गते बुधवार देखि सञ्चालन गर्नेगरि उपमहानगरले रुट तय गरेको हो । 

६ करोड ३६ लाखमा खरिद भएका ४ वटा विद्युतीय बस मार्फत स्थानीय नागरिकको यात्रालाई सहज बनाइने मेयर हेमकर्ण पौडेलले बताएका छन् ।

विद्युतीय बस सेवा वातावरणमैत्री, सुरक्षित, भरपर्दो र जनताको सेवामा केन्द्रीय हुने उनको भनाइ छ । रुट निर्धारण समितिका संयोजक तथा उपमहानगरपालिकाका प्रवक्ता दिवस पोखरेलका अनुसार नगर बसको भाडा २० रुपैयाँ तोकिएको छ । असोज १ गते विश्वकर्मा पूजाको सकेपछि बुधवारबाट दुई सिफ्टमा बस सञ्चालन हुने उनको भनाइ छ ।

पहिलो चरणमा ७ बजेबाट ११ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुकी ७ बजेसम्म नियमित सञ्चालन गर्ने पोखरेलले बताए । रुटको बारेमा जानकारी दिँदै उनले मुख्यतः धरान-विराटनगर सडकमा तरहरादेखि खनारको अरिहन्त उद्योगसम्म बस सञ्चालन हुने बताएका छन् ।

वडा नम्बर ६ का अध्यक्ष समेत रहेका पोखरेलका अनुसार पूर्व–पश्चिम राजमार्गमा बुढी खोला (मिलन चोक) देखि लगुना चोक (बिजुली अफिस) सम्म र विराटनगर लाइनको साथी पेट्रोल पम्प हुँदै ११ नम्बर वडाको खेटीपुल र नहरको बाटो हुँदै इटहरी चोक आउने अर्को रुट तय भएको छ ।  इटहरी चोकबाट तरहरा, भवानीपुर, कान्छी चोक, पकली हुँदै पुनः मुख्य चोकमा बस आउने भएको छ ।

अर्कातर्फ इटहरी चोकबाट तालतलैया हुँदै त्रिभुवन चोक, देविस्थान हुँदै पुनः त्रिभुवन चोक, हवाई चोक, आँपगाछी हुँदै राजमार्गबाट मुख्यचोक ल्याउने गरी रुट तय भएको हो ।

त्यसैगरि उपमहानगरपालिका बाट पश्चिम लाइन लबीपुर हुँदै  १५ नम्बर वडाको चाँदवेला सिमानाबाट १७ नम्बरको पार्टी कार्यालय र कान्छी चोक सम्म बस सञ्चालन हुने भएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]