• असोज ३, २०८१
  • जुनकिरी खबर

कोशी प्रदेश सरकारले भव्य मनायो संविधान दिवस

alt

कोशी प्रदेश सरकारले संविधान दिवस भव्य रूपमा मनाएको छ।  आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशको आयोजनामा विराटनगरको शहीद रङ्गशालाबाट प्रभात फेरी पछि आदर्श माध्यमिक विद्यालयमा कार्यक्रम गर्दै  मनाएको हो । 
 
प्रभात फेरी कोशी अस्पताल चोक हुँदै जलजला चोक–मेन रोड–गोल्छा मोड हुँदै पुनः आदर्श माविमा पुगेको थियो ।  प्रभात फेरीमा  विभिन्न जातजातिका झाँकी सहित निजामती कर्मचारी, विद्यार्थी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, बैङ्क तथा वित्तीय संस्थाको सहभागिता थियो । प्रदेश सभाका सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरू कार्यक्रममा सहभागी थिए ।  
 
औपचारिक कार्यक्रममा कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गलाई तीन वटै सुरक्षा निकायको संयुक्त टोलीले सलामी अर्पण गरेको थियो ।  संविधान दिवसको अवसरमा आयोजित निबन्ध प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताका विजेताहरूलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
 
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सङ्घीयता कार्यान्वयनको महत्त्वपूर्ण अङ्ग भनेकै प्रदेश तह भए पनि माथिल्लो तह सङ्घ र तल्लो स्थानीय तहसँगको अधिकार बाँडफाँड हुन नसक्दा समस्या भोग्दै आउनु परेको बताए । उनले संविधानको मर्मलाई बोकेर प्रदेश सरकारले निरन्तर काम गरिरहेको बताए । 
 
कार्यक्रममा कोशी प्रदेश सभाका सभामुख अम्बर बहादुर विष्ट, उपसभामुख सृजना दनुवार, मन्त्रीहरू, उच्च अदालत विराटनगरका मुख्य न्यायधीस रमेशप्रसाद राजभण्डारी, प्रमुख सचिव केदारनाथ शर्मा लगायत उच्च पदस्थ निकायका प्रमुख तथा सम्बद्ध अधिकारीहरूको उपस्थिति थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]