सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी बेदराज फुयालले कोसी ब्यारेज पुलमा शनिवार दिउसो चार बजे देखी अर्को सूचना जारी नभएसम्म सवारी आवतजावतमा रोक लगाइएको जानकारी दिए । सप्तकोसी ब्यारेज भएर पानीको बहाव अत्यधिक भएपछि ब्यारेजको पुल माथिबाट बाढी बग्न सुरु भएको छ । 

ब्यारेजको ३८, ३९ र ४० नम्बर ढोका नजिक पुलमाथिबाट पानी बग्न थालेको हो । कोसी ब्यारेज भएर ५ लाख ३१ हजार क्युसेक पानीको बहाव भइरहेको छ ।