• असोज १५, २०८१
  • जुनकिरी खबर

इटहरी बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

alt

नजिकिँदै गरेको बडादसैँ र तिहारलाई लक्षित गरेर इटहरी बसपार्कमा यात्रु सहायता कक्ष स्थापना भएको छ । चाडपर्वको अवसरमा जिल्ला भित्रिने र बाहिरिने तथा पहाडी जिल्ला भ्रमणमा निस्कने यात्रुको यात्रालाई सहज बनाउन कोसी प्रदेश ट्राफिक प्रहरीको पहलमा मङ्गलवार देखी यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो ।
 
यात्रु सहायता कक्ष मार्फत् यात्राका क्रममा यात्रुले भोग्नुपरेका समस्या तथा कठिनाइका विषयमा सहजीकरण गरिने कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेलले बताए । दसैँ तिहारमा यात्रुको चाप बढी हुने हुँदा यातायात व्यवसायीले मनोमानी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, ट्राफिक नियमको उल्लङ्घन गर्नेजस्ता घटनालाई रोक्न यात्रु सहायता कक्ष स्थापना गरिएको पौडेलले बताए ।
 
यात्रु सहायता कक्ष उद्घाटन गर्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले टिकट काउन्टरबाट हुने मनोमानी रोक्न र मनपरी खोलिएको अवैध टिकट काउन्टर बन्द गराउन प्रहरीलाई निर्देशन दिनुभयो ।
 
ट्राफिक तथा यातायात सम्बन्धी सूचना एवम् जानकारी लिने दिने, चाडपर्वका नाममा हुने विकृति र अपराधको न्यूनीकरणमा समेत यात्रु सहायता कक्षबाट सहयोग पुग्ने तिवारीले बताए ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]